Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • सरकारले लगाएको लकडाउनमा बैंक खुल्ला गरिने

सरकारले लगाएको लकडाउनमा बैंक खुल्ला गरिने

सरकारले लगाएको लकडाउनमा  बैंक खुल्ला गरिने

काठमाडौं, ११ चैत । सरकारले मंगलबारबाट एक हप्ताका लागि लगाएको लकडाउनमा पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा भने दिने भएका छन् । बैंकहरुलाई निश्चित शाखा तोकेर सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिने तयारी गरेको छ ।

खाद्यान्न, औषधी लगायतका सामाग्री खुला रहेका र ती वस्तुहरु खरिद गर्न रकम चाहिने भएकाले बैंकहरुलाई सेवा दिइरहन निर्देशन दिने तयारी गरिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिएका छन ।

उनले अत्यावश्यक सामाग्री खरिद गर्न सर्वसाधारणलाई अप्ठेरो नपरोस् भन्ने हिसाबले बैंकहरुले सेवा दिने बताए । तर सबै शाखा कार्यालयहरु भने खुला नहुने उनले बताए । उनका अनुसार नगद कारोबारको मात्रै बैंकले सेवा दिनेछन् ।

‘आज मंगलबार सार्वजनिक बिदा नै भयो, भोलि हामी निर्देशन दिन्छौं’ उनले भने, ‘नगद नै नभएर कसैलाई अप्ठेरो नपरोस् भन्ने चाहेका छौं, भोलि बुधबार निश्चित समय तोकेर निश्चित काउन्टरहरु खोल्न भन्नेछौं ।’

कुन-कुन शाखा कार्यालयबाट, कति बजेदेखि कति बजेसम्म सेवा दिने भन्ने विषय बैंक आफैले निर्णय गर्ने र सम्बन्धी जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शाखा खोल्नुपर्ने बताए ।

वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि बैंकहरुले सेवा दिइरहने बताएका छन् । सर्वसाधारणलाई नगदको अभाव हुन नदिन सेवा दिइरहने उनले बताए । यद्यपि, सकेसम्म विद्युतिय कारोबार गर्न उनले आग्रह गरेका छन् ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका