Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • कोरोनाको प्रभावका कारण रोकियो तनहुँ खबरको प्रकाशन

कोरोनाको प्रभावका कारण रोकियो तनहुँ खबरको प्रकाशन

कोरोनाको प्रभावका कारण रोकियो तनहुँ खबरको प्रकाशन

दुलेगौडा, ११  चैत । ४ बर्ष यतादेखि आफ्नो प्रकाशनलाई निरन्तरता दिदै आएको तनहुँको लोकप्रिय पत्रिका तनहुँ खबर राष्ट्रिय दैनिकले आफ्नो प्रकाशनलाई तत्कालका लागि रोक लगाएको छ । विश्वभर फैलिदै भएको कोरोना भाइरस (कोभिड १९)ले पैदा गरेको अवस्थालाई मध्येनजर गरि प्रकाशन रोक्ने निर्णय गरिएको पत्रिकाका अध्यक्ष तिर्थराज खनालले जानकारी दिएका थिए ।

बजारमा देखिएको त्रास र छाएको मन्दीका कारण पनि पत्रिकाको प्रकाशनलाई रोक्नु परेको खनालले बताए । देशमा देखिएको विषम परिस्थितीमा उच्च सतर्कता अपनाउनुपर्ने भएकाले सस्थासँग आवद्ध कर्मचारीमा उच्च जोखिम देखिएको भन्दै प्रकाशन केही समयका लागि बन्द भएको कार्यकारी सम्पादक अशोक विश्वकर्माले स्पष्ट पारेका छन ।

विश्वकर्माले उत्पन्न अवस्थालाई मध्येनजर गरेर पत्रिकाको प्रकाशनलाई निरन्तरता दिने जानकारी दिएका थिए । उनका अनुसार पत्रिकामा आवद्ध पत्रकारहरुलाई निवासमा नै बसेर सुचना प्रवाहका लागि भूमिका खेल्ने ब्यवस्था मिलाइएको छ । कार्यकारी सम्पादक विश्वकर्माले पत्रिकाको आधिकारिक न्यूज पोर्टल तनहुँ खबर डटकम डटएपी भने सक्रिय हुने जानकारी दिएका थिए । पत्रिकाको सोमबार चैत्र १० गतेदेखि प्रकाशन रोकिएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका