Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • गाउँका नागरिकको कोरोना जाँच गर्न काँग्रेस युवा नेता वाग्लेको माग

गाउँका नागरिकको कोरोना जाँच गर्न काँग्रेस युवा नेता वाग्लेको माग

गाउँका नागरिकको कोरोना जाँच गर्न काँग्रेस युवा नेता वाग्लेको माग

पोखरा, १० चैत । नेपाली काँग्रेस (वी. पी) का युवा नेता सुशीलराज वाग्ले आज सामाजिक संजाल फेसबुकमा एक पोष्ट गर्दै गाउँका नागरिकमा नोभेल कोरोना (कोभीड-१९) भाइरसको स्वास्थ जाँच गर्न माग गरेका छन ।

वाग्लेले लेखेका छन । सरकारले कोरोना सतर्कता गाउँ वेवस्ता गरि शहर केन्द्रित भएको भन्दै गाउँ पनि केन्द्रित हुन ध्यानाकर्षण गराएका छन ।

वाग्लेले भनेका छन । सरकारले प्रभावकारी कदम चाल्न नसकेको वा नेपाली नागरिकले सरकारले गरेको घोषणा नबुझी गाउँमा जानुले गाउँ झन जोखिममा बढेको बताएका छन ।

गाउँ एक जना सक्रमित भएमा दुर्गममा गाउँमा पुरै गाउँ नै सक्रमित हुन पुग्छ । सरकारले त्यस तर्फ के ध्यान दिएको छ भनेर प्रश्न गरेका छ्न । गाउँमा घाँस दाउरा मेलापात गर्न जानुपर्छ । त्यसबाट सजिलै सर्न सक्ने भन्दै यश तर्फ पनि सचेत हुन पनि आग्रह गरेका छन ।

गाउँमा सक्रमण फैलिएमा शहरमा जस्तो लक डाउन गरेर नियन्त्रण लिग्न सजिलो र सम्भावना नभएको भन्दै तत्काल गाउँ रोकथामको प्रभावकारी कदम चाल्न युवा नेता वाग्लेले माग गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका