Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • अर्घाखाँची मालारानीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची मालारानीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची मालारानीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची, १० चैत । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ८ माझमेलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  प्युठान जिल्ला झिमरुक गाउँपालिका गहतेरा घर भएका १८ बर्षिय मधु जिसिको करेन्ट लागेर मृत्यु भएको हो ।

मृतक जिसिले मालारानी गाउँपालिकाको मामा घरमा बसेर स्थानीय सिद्धार्थ माध्यमिक विद्यालय मालारानीमा कक्षा १० मा अध्यन गरि अहिले एसइइको तयारी गरि रहेको स्थानीय इन्द्र रेग्मीले बताएका छन् ।

पोलमा चढेर विद्युतको लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर गमभीर घाइते भएका जिसिको उपचारकालागि अर्घाखाँची अस्पतालमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालबाट अशोक चौहानले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका