Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • पाेखरामा रगत अभाव हुन नदिन खुल्ला रक्तदान

पाेखरामा रगत अभाव हुन नदिन खुल्ला रक्तदान

पाेखरामा रगत अभाव हुन नदिन खुल्ला रक्तदान

पोखरा, १० चैत । नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखा पोखरा ६ र पोखरा चेम्बर अफ कमर्स फेवा इकाईले सयुक्त रुपमा खुल्ला रक्तदान तथा कोरोना भाईरसबारे सचेतनामुलक कार्यक्रम गरेका छन । कार्यक्रममा ३४ युनिट रगत संकलन भएको रेडक्रस सोसाइटी बैदाम उपशाखाका सहसचिव तथा चेम्बर अफ कमर्स फेवा इकाईका महासचिव तुलसी दाहालले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज शर्माले कार्यक्रमको उद्घाटन गर्दै रगतको अभाव हुन नदिन उपशाखा तथा सामाजिक संघ संस्थालाई रक्तदान गर्न आग्रह गरिएको बताए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका बस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेलले कोरोना भाईरसको बारेमा सहजीकरण गरेका थिए ।

गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारी, पोखरा महानगरपालिका वडा नम्बर ६का अध्यक्ष जगतबहादुर पहारी, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार, उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, कार्यक्रम संयोजक तथा चेम्बर अफ कमर्स फेवा इकाईका उपाध्यक्ष नवराज अधिकारी, नेपाल रेडक्रस सोसाइटी पोखरा ६ बैदाम उपशाखाका सभापति गिरीराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका