Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • व्यावसायिक महिला क्लबद्धारा आँखा अस्पताललाई ७ लाख ६३ हजारको मेशिन सहयोग

व्यावसायिक महिला क्लबद्धारा आँखा अस्पताललाई ७ लाख ६३ हजारको मेशिन सहयोग

व्यावसायिक महिला क्लबद्धारा आँखा अस्पताललाई ७ लाख ६३ हजारको मेशिन सहयोग

पोखरा, १० चैत । पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले हिमालय आँखा अस्पताल पोखरालाई आँखा जाच्ने मेशिन सहयोग गरेको छ ।

क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सँगै बाडेन बाडेनको सहयोगमा ७ लाख ६३ हजार रूपैँया बराबरको आँखा जाच्ने मेशिन सहयोग गरेको हो ।

आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर डा.ईन्द्रमान महर्जन, व्यावस्थापक कुमार गर्वुजा, लेखाअधिकृत वामदेव सुबेदि, आउटरिच ईन्चार्ज सुभाष नेपाल लगायतलाई क्लवका तर्फबाट कार्यक्रम संयोजक लक्ष्मी गुरुङ, अध्यक्ष हरिमाय शर्मा, उपाध्यक्ष धनेश्वरी पराजुली, सचिव ईन्दु भट्टराई, कोषाध्यक्ष कल्पना ढुङ्गना, सदस्यहरु रजनी श्रेष्ठ, गंगालक्ष्मी गुरुङ्ग, कृष्ण कुमारी गुरुङ्ग र पुर्व कोषाध्यक्ष अनार भारीले संयुक्त रूपमा मेशिन हस्तान्तरण गरेका थिए ।

अस्पतालमा दिन प्रतिदिन विरामीको संख्या बढदै गएकोमा प्राप्त मेशिनले विरामीको चाप व्यवस्थापन गर्न सँगै आएका विरामीलाई चाँडै सेवा दिन सहज हुने मेडिकल डाईरेक्टर महर्जनले जानकारी दिएका थिए । सहयोगका लागि दाता क्लवलाई धन्यवाद दिदै सबैको सहयोगका कारण विरामीलाई सेवा दिन अस्पताल सफल भएको भनाई समेत उनको थियाे ।

क्लवले केही समयदेखी नि:शुल्क आँखा शिविर सँगै औषधी र चस्मा वितरण गदै आएको क्लबकी उपाध्यक्ष धनेश्वरी पराजुलीले जानकारी दिईन । शिविरमा आएका र अप्रेशन गर्न आवश्यक विरामीहरुलाई क्लवले हिमालय आँखा अस्पतालको सहयोगमा अप्रेशन समेत गरेको जानकारी दिदै गत पुसदेखी हालसम्म चार स्थानमा आँखा शिविर मार्फत करिव १५ सयले सेवा लिएको पराजुलीको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका