Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • अत्यावश्यक बाहेकका सबै उद्योग व्यवसाय बन्द गर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह

अत्यावश्यक बाहेकका सबै उद्योग व्यवसाय बन्द गर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह

अत्यावश्यक बाहेकका सबै उद्योग व्यवसाय बन्द गर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह

पोखरा, ९ चैत ।  पोखरा उद्योग वाणिज्य संघले कोरोना भाइरस  कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिन अत्यावश्यक बाहेकका सबै उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट  गएको शुक्रबार राष्ट्रको नाममा संवोधन गर्दै कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि गरिएको अपीलको अक्षरस पालना गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्रीको संवोधनमा चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आह्वान गरेका थिए । सरकारले विभिन्न १९ वटा सेवालाई अत्यावश्यक मानेको छ । संघको विज्ञप्तिमा औषधि, पानी, इन्धन, दूध÷तरकारी÷खाद्यान्न लगायतका अत्यावश्यक सेवा प्रदान गर्ने उद्योगी÷व्यवसायीहरुलाई पनि सुरक्षाका सबै उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । अत्यावश्यक सामान उत्पादन गर्ने उद्योग संचालन गर्दा पनि यही प्रक्रिया अपनाउन संघको आग्रह रहेको छ ।

संघका महासचिव अर्जुन पोखरेलद्धारा जारी विज्ञप्तिमा अत्यावश्यक बाहेकका सबै उद्योग÷व्यवसाय बन्द गर्ने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, भीडमा नजाने र  ‘सेल्फ क्वारेण्टाइन’को विधिको पूर्ण पालना गर्न भनिएको छ । ‘औषधि, पानी, इन्धन, दूध÷तरकारी÷खाद्यान्न लगायतका सेवाहरु प्रदान गर्नुपर्ने दायित्व पनि व्यवसायीहरुमाथि नै रहेको छ ’, विज्ञप्तिमा भनिएको छ,‘पोखरा उद्योग वाणिज्य संघ, संकटको यो घडीमा अत्यावश्यक सेवा प्रवाह गर्ने उद्योगी÷व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्धसहित सेवा प्रवाह गर्न हार्दिक अपील गर्दछ ।’

यसैगरि संघले संकको यो घडीमा तोकिएको भन्दा बढी मूल्यमा सामान नलिन र आवश्यकताभन्दा बढी सामान भण्डारण नगर्न उपभोक्तासँग पनि आग्रह गरेको छ । संघले यसअघि पनि विज्ञप्ति जारी गर्दै  ‘तोकिएको भन्दा बढी मूल्य नलिन र बिक्री बितरण तथा ढुवानी कार्यलाई पारदर्शी बनाउन माग गरेको थियो । संघले पोखराको टेड मलले त्यहाँ भाडामा रहेका व्यवसायीहरुलाई चैत महिनाको घर भाडामा ५०प्रतिशत  र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले एक महिनाको भाडा छुट दिएकोमा धन्यवाद ज्ञापन गर्दै यो अभियानमा सरिक हुन अन्य घरधनीहरुलाई पनि आग्रह गरेको छ ।

‘व्यवसाय नै बन्द गरी महामारी विरुद्धको अभियानमा लागि रहँदा पनि  उद्योगी÷व्यवसायीलाई सुख छैन । बैंकको ब्याजदर र मासिक घरभाडाको तरबार टाउकोमा झुण्डिएकै छ’, महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ संकटको यो घडीमा सक्दो विवेक प्रयोग गर्न संघ सम्पूर्ण घरबेटीहरुसँग हार्दिक अपील पनि गर्दछ । ’ संघले कर्जाको ब्याज मिनाहा र किस्ता बुझाउने समयसीमा बढाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ । सीमा नाकामा भएको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन, स्वास्थ्य सेवाको सुनिश्चितता ग्यारेण्टी गर्न पनि संघले सरकारसँग माग गरेको छ ।

एक प्रतिक्रिया on “अत्यावश्यक बाहेकका सबै उद्योग व्यवसाय बन्द गर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका