Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • कोरोना सङक्रमणबाट बच्न फेदीखोला गाउँपालिकाले गर्याे यस्ताे पुर्वतयारी

कोरोना सङक्रमणबाट बच्न फेदीखोला गाउँपालिकाले गर्याे यस्ताे पुर्वतयारी

कोरोना सङक्रमणबाट बच्न फेदीखोला गाउँपालिकाले गर्याे यस्ताे पुर्वतयारी

सुनिता कार्की,  फेदीखाेला, ९ चैत । कोरोना भाइरसको बढदो जोखिमलाई नियन्त्रण गर्ने स्याङ्जा फेदीखोला गाउँपालिकाले सजगता अप्नाएकाे छ । आँफु पनि बचाैँ अरूलाई पनि बचाउँ भन्ने उद्देश्यका साथ कोरोना भाइरसकाे सङक्रमणबाट बच्न तथा राेकथाम गर्ने सचेतना र सर्तकताका लागि  फेदीखोला गाउँपालिकाले पुर्वतयारी गरेकाे छ ।

आज देखि स्याङ्जा जिल्लाकाे प्रवेशद्धार कुभिण्डेमा हेल्थ डेस्क सुरू भएकाे छ । अन्य प्रदेशबाट भित्रिएका सवारीमा सवार यात्रुहरू, वैदेशिक राेजगारबाट फर्किएका व्यक्तिहरू, पर्यटकहरूकाे स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मी टाेलि सुविधासम्पन्न सामाग्री सहित पुर्ण तयारी रहेका छन ।

काेहि व्यक्ति शंकास्पद देखिएमा तत्काल एम्बुलेन्सबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा पठाउँने व्यवास्था समेत रहेकाे छ ।फेदीखोला गाउँपालिका वार्ड न. २  मा रहेकाे सिदार्थ बहुमुखी क्याम्पसमा  बिदेशबाट आएका व्यक्तिहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने २० वटा बेडकाे ब्यवस्थापन गरिएकाे छ ।

उनिहरूलाई त्यहाँ बस्दा कुनै असुविधा नहाेस भनेर फ्री वाइफाइ, पिउने पानी , शौचालय  सुबिधा , स्वास्थयकर खाजा एबम खाना , पुस्तक, पत्र पत्रिका, आबश्यक माग भएमा ल्यापटप र ट्याबलेटको समेत ब्यबस्था तथा प्रबन्ध गरिएकाे छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका