Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • भारतीय नाका बन्द गर्न काँग्रेस महामन्त्री सुशीलमान सेरचनकाे माघ

भारतीय नाका बन्द गर्न काँग्रेस महामन्त्री सुशीलमान सेरचनकाे माघ

भारतीय नाका बन्द गर्न काँग्रेस महामन्त्री सुशीलमान सेरचनकाे माघ

काठमाडौँ, ९ चैत । नेपाली काँग्रेस (वी. पी.)का महामन्त्री सुशीलमान सेरचनले शनिबार फेसबुकमा एक पोष्ट गर्दै भारत तर्फको नाका बन्द नगरिनु सरकारको चाकरीवाद भएको बताउदै तत्काल भारती नाका बन्द गर्न माग गरेका छन ।

महामन्त्री सेरचनले लेख्नु भएको छ । भारतबाट दैनिकी दशौ हजार व्यक्तिहरु नेपाल आवाज जावत गर्छन । नोभल कोरोना भाइरस (कोभिड-१९) मानिसबाट मानिसमा सर्ने हुँदा नेपालमा हाल सम्म नदेखिएको र भारतमा देखा परेको कारण शुक्रवार प्रधानमन्त्री के पि शर्मा ओलिले गर्नु भएको सम्बोधनमा भारतबाट आउने नाकामा मालवाहक बाहेक अन्यमा नाका बन्द गरिएको नसुनिनु दुखद भएको बताएका छन ।

सेरचनले पार्टीको आधिकारिक धारणाको आश्य व्यक्त हुने गरि फेसबुकको पोष्टको अन्तिममा केन्द्रिय कार्यलय सामाखुसी लेख्दै माग गरेका छन ।

भारतमा नोभक कोरोना (कोभिड-१९)नियन्त्रणमा नआएकोले सरकारले तत्काल भारतबाट आउने मालवाहक सवारी साधनको परिक्षण सहित भित्रन दिन त्यसबाहेकका सबै नाका तथा स्थल मार्ग बन्द गर्न माग गरेका छन ।

महामन्त्रीले सरकारले विदेशमा रहेका नेपालीलाई असहज हुने गरि हवाई यात्रा बन्द गरिएकोमा हवाई यात्रा बन्द नगरी विमानस्थलमा परिक्षण केन्द्र स्थापना गरि नेपाल आएका नेपालीलाई क्वारेन्टाइनमा राख्न सुझाव दिएका छन ।

सेरचनले लेखेका छन । भारतबाट आउने अन्तर्राष्ट्रिय नाकालाई लामो दुरिमा नराख्ने तर नेपाल कै यातायातलाई लामो दुरिको भनी रोक्ने कार्य गरि जनतामा त्रास मात्रै फैलिएको बताउनु भएको छ । त्यसैले नेपालको यातायातमा भन्दा पनि भारती नाका बन्दा गर्न उहाँले सुझाव दिएका छन ।

सेरचनले दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ लाभको पनि कामना गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका