Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • २ वर्षको बच्चालाई सुई लगाउने बित्तिकै ज्यान गयो, नगर्नुस् भन्दा भन्दै यस्तो गरेका रहेछन् नर्सले

२ वर्षको बच्चालाई सुई लगाउने बित्तिकै ज्यान गयो, नगर्नुस् भन्दा भन्दै यस्तो गरेका रहेछन् नर्सले

पाेखरा, ८ चैत । सामान्य झाडापखाला लागेर उपचार गर्न पोखराको फिष्टेल हस्पिटलमा पुर्याइएका २ वर्षिय बालकको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका १ कुस्मीसेराका दिपकराज सापकोटाका छोरा दिव्यासु सापकोटाको शुक्रबार राती मृत्यु भएको मृतक बालकका ठुलोबुबा कमलराज सापकोटाले बताउनुभयो ।

सामान्य झाडापखला लाएर पोखरा मेडिकल हलमा डा। भाईरत्न शाक्यसँग जाँच गराएपछि, थप उपचारको लागि डा. शाक्यले फिस्टेल हस्पिटल रिफर गर्नुभयो र यहाँ ल्याएका थियौं, सापकोटाले भने , स्पेशल क्याविनमा भर्ना गरिएको थियो, नर्सले सुई लगाएपछि बाबू बेहोस भयो अनि होस नै आएन । लापरबाहि गरेका कारण भतिजको ज्यान गएको कमलराजको दावी छ ।

बालकलाई शुक्रबार साँझ ६:३० बजे फिष्टेलमा भर्ना गरिएको थियो । राती ८:३० बजे नर्सले सुई लगाए पछि बेहोस भएको र तुरुन्तै आईसियुमा राखिएको बालककी ठुलोममी शिला सापकोटाले बताउनुभयो ।

सुई दिएपछि बेहोस भएका बालकलाई राती ९:१५ बजे डाक्टरले मृत घोषणा गरेको सापकोटाले बताउनुभयो । मृतक बालकका आफन्तले नर्सको लापरबाहिको कारण बालकको मृत्यु भएको भन्दै बिरोध जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका