Samacharpati
बुधबार, चैत्र २६, २०७६
  • होमपेज
  • इटलीमा २४ घण्टामा ६२७ जनाको निधन, विश्वभर निधन हुनेको संख्या ११ हजार ३ सय ८३

इटलीमा २४ घण्टामा ६२७ जनाको निधन, विश्वभर निधन हुनेको संख्या ११ हजार ३ सय ८३

इटलीमा २४ घण्टामा ६२७ जनाको निधन, विश्वभर निधन हुनेको संख्या ११ हजार ३ सय ८३

काठमाडौं, ८ चैत्र । विश्वभरको जनजीवन कोरोना अर्थात (कोभिड- १९)का कारण प्रभावित बनिरहेका बेला इटलीमा पछिल्लो २४ घण्टामा थप ६२७ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ का कारण एकै दिन १३ सय ५२ जनाको निधन हुँदा यसको संक्रमण अन्य ३० हजार २५६ जनामा देखिएको छ ।

यससँगै विश्वभर कोभिड १९ का कारण निधन हुनेको संख्या ११ हजार ३ सय ८३ र २ लाख ७५ हजार १ सय ८९ पुगेको छ । यसअघि शुक्रबार मात्रै १० हजार ४७ जनाको निधन भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ का कारण पछिल्लो २४ घण्टामा इटालीमा ६२७ जनाको निधन हुँदा स्पेनमा २ सय ६२, इरानमा १ सय ४९, फ्रान्समा ७८, अमेरिकामा ४९, बेलायतमा ३३, जर्मनीमा २४ र स्विटजरल्याण्डमा १३ जनाको निधन भएको छ ।

उता नेदरल्याण्डमा ३०, बेल्जियममा १६, इण्डोनेशियामा ७, स्वीडेन र टर्कीमा थप ५र५ जनाको निधन भएको छ । त्यस्तै इराक, इक्वेडर र ग्रिसमा ४र४ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा अरु ३ जनाको तथा चीनमा ७ जनाको निधन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका