Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • फिष्टेल हस्पिटलमा २ वर्षिय बालककाे मृत्यु, लापरबाहीले ज्यान गएकाे आफन्तकाे आरोप

फिष्टेल हस्पिटलमा २ वर्षिय बालककाे मृत्यु, लापरबाहीले ज्यान गएकाे आफन्तकाे आरोप

फिष्टेल हस्पिटलमा २ वर्षिय बालककाे मृत्यु, लापरबाहीले ज्यान गएकाे आफन्तकाे आरोप

 पाेखरा, ८ चैत । सामान्य झाडापखाला लागेर उपचार गर्न पाेखराकाे फिष्टेल हस्पिटलमा पुर्याइएका २ वर्षिय बालककाे मृत्यु भएकाे छ । बागलुङकाे जैमिनी नगरपालिका १ कुस्मीसेराका दिपकराज सापकाेटाका छाेरा दिव्यासु सापकाेटाकाे शुक्रबार राती मृत्यु भएकाे मृतक बालकका ठुलाेबुबा कमलराज सापकाेटाले बताउनुभयाे ।

“सामान्य झाडापखला लाएर पाेखरा मेडिकल हलमा डा. भाईरत्न शाक्यसँग जाँच गराएपछि, थप उपचारकाे लागि डा. शाक्यले फिस्टेल हस्पिटल रिफर गर्नुभयाे र यहाँ ल्याएका थियाैं,” सापकाेटाले भने – “स्पेशल क्याविनमा भर्ना गरिएकाे थियाे, नर्सले सुई लगाएपछि बाबू बेहाेस भयाे अनि हाेस नै आएन ।” लापरबाहि गरेका कारण भतिजकाे ज्यान गएकाे कमलराजकाे दावी छ ।

बालकलाई शुक्रबार साँझ ६:३० बजे फिष्टेलमा भर्ना गरिएकाे थियाे । राती ८:३० बजे नर्सले सुई लगाए पछि बेहाेस भएकाे र तुरुन्तै आईसियुमा राखिएकाे बालककी ठुलाेममी शिला सापकाेटाले बताउनुभयाे ।

सुई दिएपछि बेहाेस भएका बालकलाई राती ९:१५ बजे डाक्टरले मृत घाेषणा गरेकाे सापकाेटाले बताउनुभयाे । मृतक बालकका आफन्तले नर्सकाे लापरबाहिकाे कारण बालककाे मृत्यु भएकाे भन्दै बिराेध जनाएका छन् ।

यसैबीच अस्पताल प्रशासनले कहिँकतै समस्या भए सुधार गर्ने बताएको छ । फिस्टेल हस्पिटल प्रालिका अध्यक्ष डा. भोला श्रेष्ठले यस्ता कमीकमजोरी कसरी भईरहेका छन् भनेर गहिरो अध्ययन हुन जरुरी भएकाले आफुले छानविन समिति बनाउने बताएका छन् । यद्यपी लापरबाहीकै कारणले बालकको ज्यान गएको हो भनेर प्रशासनले अहिले नै स्विकार गर्न नसक्ने बताउछन् । तर यस्ता गतिविधि हन नदिन आफ्नो ठाउँबाट सक्दो पहल गर्ने उनको भनाई छ ।

फिस्टेल हस्पिटल पछिल्लो समय यस्ता विवादहरुमा पर्दै आएको छ । गत कार्तिक २० गते पनि फिस्टेल अस्पतालमा बाग्लुङ जौमुनि नगरपालिका कै वडा न ७ का ललित कुमार थापाका १७ महिनाका छोरा कौशल थापाको सामान्य पिलो फाल्ने क्रममा मृत्यु भएको थियो । उनका आफन्तहरुले चिकित्सकको लापरबाहीले ज्यान भएको भन्दै विरोध जनाएका थिए । आन्दोलन नै गरेका थिए । पटक पटक यस्ता गतिबिधिले पछिल्लो समय निजी अस्पतालप्रति मानिसहरुको विश्वास गुम्दै छ । शंका लागे पनि डर लागेपनि उपचार गर्न जानुको विकल्प नभएका कारण पनि सर्वसाधारण उपचार गर्न गईरहेका छन् तर उनिहरुको विश्वास विस्तारै घट्दै गएको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका