Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • बेसार उद्योग सञ्चालनका लागि बीउ बितरण

बेसार उद्योग सञ्चालनका लागि बीउ बितरण

बेसार उद्योग सञ्चालनका लागि बीउ बितरण

पोखरा, ७ चैत । पोखरा महानगरपालिका वडा नं ३३ स्थित मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाले बेसार उद्योग सञ्चालनमा ल्याउने उद्देश्यका साथ ५०७ किलोग्राम बेसारको बीउ वितरण गरेको छ ।

संस्थाका शेयर सदस्यलाई उत्पादनसँगै जोड्दै उनीहरूको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ बेसार उद्योग सञ्चालन गर्न लागिएको संस्थाका व्यवस्थापक कर्णकुमारी महतले जानकारी दिइन् ।

संस्थामा हाल ६७१ जना शेयर सदस्य रहेको जानकारी दिदै उनीहलाई आयआर्जनमा जोड्नका लागि उद्यमशिलको विकास गर्ने सोच राखिएको बताइन् ।

उत्पादनका दृष्टिले पोखरा महानगरपालिका वडा नं ३३ का अधिकांश भूभाग बेसारको राम्रो खेती हुनेमा पर्दछन् । हरेकको घरघरमा प्रत्येक दिन खानका परिकारमा मसलाका रुपमा अनिवार्य प्रयोग हुने बेसार महत्वपूर्ण औषधीका रुपमा समेत लिइन्छ । उत्पादन गर्न सकेमा बजारको समस्या नरहेको अवस्थालाई दृष्टिगत गरी बेसार उद्योग सञ्चालन गर्न लागिएको महतले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका