Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • गलकोट नगरपालिकालाई घुम्टे पत्रकारिता पुरस्कारको विषयमा ध्यानाकर्षण गराईने

गलकोट नगरपालिकालाई घुम्टे पत्रकारिता पुरस्कारको विषयमा ध्यानाकर्षण गराईने

गलकोट नगरपालिकालाई घुम्टे पत्रकारिता पुरस्कारको विषयमा ध्यानाकर्षण गराईने

बागलुङ, ७ चैत । नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आवद्व गलकोटका पत्रकारहरुको बैठक हटियामा सम्पन्न भएको छ । बैठकले गलकोट क्षेत्रको पत्रकारिताको विकास, स्तरोन्नति सँगै स्थानिय तह सँगको सम्वन्ध र सहकार्यलाई सुदृढ बनाउने निर्णय गरेको छ ।

त्यस्तै गलकोट नगरपालिकाले स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार आर्थिक वर्ष २०७५र०७६ मा वितरण नगरेको र त्यसको कार्य विधिको विषयमा नगरपालिकालाई ध्यानाकर्षण गराउने निर्णय गरिएको गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेलले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघमा आवद्व रहि अन्य स्थानमा कार्यरत गलकोटका पत्रकारहरुको विवरण समेत संकलन गरिएको छ । गलकोटमा कृयासिल संस्था गलकोट पत्रकार समाजको विधि विधान बमोजिम नयाँ सदस्यता वितरण तथा विस्तार र संस्थामा आवद्व पत्रकारहरुको नविकरण गर्ने, आगामी वैशाख ६ गते नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भेला आयोजना गर्ने निर्णय गरिएको बताईएको छ ।

बैठकले आफनो लागि एक दिन अभियान सञ्चालन गर्न मासिक रुपमा अन्तरकृया, स्नेहमिलन लगायतका कार्यक्रमहरु गर्ने समेत प्रस्ताव पारित गरेको छ । बैठकमा नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आवद्व गलकोटे पत्रकारहरुको उपस्थिति रहेको थियो । बैठक नेपाल पत्रकार महासंघ बागलुङमा आवद्व ज्येष्ठ पत्रकार दिनेश पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका