Samacharpati
सोमवार, असार २९, २०७७
  • होमपेज
  • सुचना टाँस गरि प्रदेशसभा बैठक स्थगित

सुचना टाँस गरि प्रदेशसभा बैठक स्थगित

सुचना टाँस गरि प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभा बैठक विहिबार सुचना टाँस गरि स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयका अनुसार विषेश कारण देखाउदै बैठक स्थगित गरिएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाईएको थियो । तर, यसअघिका ४ वटा बैठकहरु विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि नियमित कार्यसुचिमा प्रवेश नै नगरि अवरुद्ध भएका थिए ।

प्रदेश सभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ, मिति २०७६ साल चैत्र ६ गते दिनको १ बजेका लागि तोकिएको गण्डकी प्रदेश, प्रदेश सभाको बैठक विशेष कारणवस स्थगित गर्नुपर्ने भएकोले गण्डकी प्रदेश, प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सुचना नहुदाँ सम्मका लागि स्थगित भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

विपक्षी दल कांग्रेसले प्रदेशसभा सचिवलाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र निर्वाचन पूर्वाधार विकास कार्यक्रम’ गरि यि दुई वटा विषयलाई लिएर निरनत्र प्रदेश सभाको बैठक अवरोध गर्दै आईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका