Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • एसइई नहुने भएपछि विद्यार्थीलाई घरघर पुर्याइदिन फेदीखोला गाउँपालिकाद्धारा निः शुल्क बस सेवा सञ्चालन

एसइई नहुने भएपछि विद्यार्थीलाई घरघर पुर्याइदिन फेदीखोला गाउँपालिकाद्धारा निः शुल्क बस सेवा सञ्चालन

एसइई नहुने भएपछि विद्यार्थीलाई घरघर पुर्याइदिन फेदीखोला गाउँपालिकाद्धारा निः शुल्क बस सेवा सञ्चालन

फेदीखोला, ६ चैत । फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई )मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्यादिन शुरु गरेको छ । यसका लागि फेदीखोला गाउँपालिकाले आज विहानदेखि निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

कोभिड–१९को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि शुरु हुने भनिएको सो परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पुर्याउन यातायातको व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका