Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • गुल्मीमा एसइई परीक्षाका लागि सहभागी हुन नपाउने भए २८ छात्रछात्रा

गुल्मीमा एसइई परीक्षाका लागि सहभागी हुन नपाउने भए २८ छात्रछात्रा

गुल्मीमा एसइई परीक्षाका लागि सहभागी हुन नपाउने भए २८ छात्रछात्रा

गुल्मी, ५ चैत । जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा २८ छात्रछात्रा सहभागी हुन नपाउने भएका छन् । कतिपय विद्यार्थीले परीक्षाका लागि विद्यालयमा आवेदन फाराम नभरेको, बीचैमा पढाइ छाडेको र नियमित उपस्थित नहुँदा ७० प्रतिशत हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सहभागी हुन अयोग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख ईश्वरीप्रसाद ज्ञवालीले बताउनुयो । यसरी अयोग्य विद्यार्थीमा १८ छात्रा र १० छात्र छन् ।

बिहीबारदेखि सञ्चालन हुन लागेको एसइई परीक्षामा यसपटक जिल्लाका १४५ विद्यालयका चार हजार ७०७ विद्यार्थी सहभागी हुने भएका छन् । कार्यालय प्रमुख ज्ञवालीका अनुसार परीक्षामा नियमिततर्फ चार हजार ६२८ र आंशिक तथा ग्रेड वृद्धि समूहतर्फ ७९ जना छन् । परीक्षमा सहभागी हुनेमध्ये छात्रा दुई हजार ५१५ तथा छात्र दुई हजार १९२ जना छन् ।

यही चैत १७ गतेसम्म सञ्चालन हुने यस वर्षको परीक्षामा प्राविधिक शिक्षातर्फ जिल्लामा सञ्चालित १६ विद्यालयमध्ये छ विद्यालयका विद्यार्थी मात्र सहभागी हुने शिक्षा विकास एकाइ गुल्मीका प्राविधिक सहायक अमृत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको एसइईमा छ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । परीक्षा सञ्चालनका लागि जिल्लाभित्र २६ परीक्षा केन्द्र निर्धारण गरिसकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका