Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • मेरो दिल छ पोखरामा को विशेष शो धरानमा सम्पन्न

मेरो दिल छ पोखरामा को विशेष शो धरानमा सम्पन्न

मेरो दिल छ पोखरामा को विशेष शो धरानमा सम्पन्न

धरान, ५ चैत । गीतकार शंकर अधिकारी घायलको लेखन तथा  निर्देशन रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा को विशेष शो धरान मंगलबार एक विशेष कार्यक्रमका विच धरानको गणेश टाकिजमा सम्पन्न भएको छ ।

नेपाली चलचित्र भित्रका विविध सकारात्मक तथा नकारात्मक गतिविधीलाई निमार्ण भएको चलचित्रलाई आम दर्शक तथा स्रोताले निकै मन पराएको चलचित्रकी प्रस्तुतकर्ता कला राई महर्जनले बताइन ।

साथै बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती रहने नेपाली कथानक चलचित्र तक्दिरको छायाँकन  आगामी चैत्र२० गते बाट धरान र आसपासका रमणिय स्थानमा छायांकन हुने सो कार्यक्रममा घोषणा गरिएको छ  ।

चलचित्रमा रबि खड्का ,राजु पौड्याल ,श्रेया दुलाल,कसिस दाहाल, मेनुका माझी, गगां कुवर,लक्ष्मी श्रेष्ठ , विशाल सुनुवार ,सागर गुरु चौलागाईं ,शत्रुघन अन्सारी को अभिनय रहने भएको छ ।

कृष्ण पाण्डेको छायाँकन  , देव महर्जनको द्धन्द्ध , नृत्य राजन महर्जन ,राजेन्द्र बजगाइ र रेखा पौडेल को संगीत ,नित्याशिवा र राजेन्द्र बजागाइ को स्वर रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका