Samacharpati
शनिबार, जेष्ठ २४, २०७७
  • होमपेज
  • गायिका लक्ष्मी राना मगरको आवाजमा ”माया नक्कली” भिडियो सहित

गायिका लक्ष्मी राना मगरको आवाजमा ”माया नक्कली” भिडियो सहित

काठमान्डाैँ, ४  चैत्र । नेपाली लोकदोहोरी गीत संगीतमा मनको विरहको भावका गीतहरु आम दर्शक तथा स्रोताको नजरमा सर्वाधिक चर्चाको शिखरमा रहने गर्दछन । मौलिक भावमा रहेर गायिका लक्ष्मी राना मगरको आवाजमा ”माया नक्कली” गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ ।

आफुलाई माया गर्ने मायालुले अर्कोको शिरमा सिउदो सझाउँदाको वियोगान्त क्षणलाई गीतमा समेटिएको छ । राज कुमार बगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

मायालुको यादले जिवनमा निकै सताएको कुरा गीतमा गायिकाले बेदना स्वरुप गीतमा ब्यक्त गरेकी छन । शुशिल डाँगीको छायाँकन तथा सम्पादन र अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ ।

”माया नक्कली” गीतको भिडियोमा सुमन परियार र स्मृती मगरको लोभलाग्दो अभिनय रहेको छ । ”माया नक्कली” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका