Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • संविधान पुनर्लेखन हुनुपर्छ : नेपाली काँग्रेस वी.पी.

संविधान पुनर्लेखन हुनुपर्छ : नेपाली काँग्रेस वी.पी.

संविधान पुनर्लेखन हुनुपर्छ : नेपाली काँग्रेस वी.पी.

बुटवल, २ चैत । नेपाली काँग्रेस (वी पी) पार्टीका प्रवक्ता तथा सहमहामन्त्री देवेन्द्रप्रकाश पौडेलले मुलुकको यो संविधानले देशलाई अगाडी बढाउन नसक्ने दावी गर्दै संविधान पुनर्लेखन गर्नुपर्ने बिचार व्यक्त गरेका छन । नेपाली काँग्रेस (वी पी) ले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले मुलुकको सार्वभौमसत्ताको रक्षाका लागि नयाँ बैकल्पीक राजनीतिक शक्तिको आवस्यकता रहेको बताएका छन् ।

पौडेलले बर्तमान सत्तारुढ दल नेकपा नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट मुलुकको राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुन नसक्ने भन्दै त्यसका लागि नयाँ बैकल्पीक राजनीतिक शक्तिको आवस्यकता रहेको बताएका छन । नेकपा र नेपाल काँग्रेस आ आफ्नो पार्टीको बिचार र सिद्धान्तबाट बिचलित भएर सत्ता राजनीतिमा लिप्त भएका कारण मुलुकको राष्ट्रियता र सार्वभौमसत्ता संकटमा परेको भन्दै उनले राज संस्था र बिप्लव नेतृत्वको नेकपा समेत अटाउन सक्ने राजनीतिक व्यवस्था अहिलेको आवस्यकता रहेको जिकिर गरेका छन ।

अहिलेको नेपाली काँग्रेसमा प्रजातान्त्रिक समाजवाद नभएको दावी गर्दै उनले सत्तारुढ दल नेकपामा पनि माक्र्सवाद,लेनिनवाद र माओवाद नभएको दाबी गरे । दुई ठुला दलकै कारण मुलुक भ्रष्टाचारमा डुबेको बताउदै उनले भ्रष्टाचारको बिरोध र सीमा मिचिएको बिषयमा समेत राजनीतिक दलहरु चुप लाग्नु दुर्भाग्यपूर्ण भएको बताएका थिए ।

वीपीका अनुयायीबाट नेपाली काँग्रेस समाजबाद र निष्ठाको राजनीतिबाट अलग भैसकेको आरोप लगाउदै उनले वीपीका नीति सिद्वान्तको आधारमा देशमा बैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माण आवश्यक रहेको बताउदै आफुहरुले नेपाली काँग्रेस (वी. पी) निर्माण गरेको जानकारी दिएका थिए ।

उनले राष्ट्रियता र मुलुकको सार्वभौमसत्ताको रक्षाका लागि नेपाली कांग्रेस वीपी सहितका साना दलहरु शान्तिपूर्ण आन्दोलनमा जाने तयारीमा रहेको जानकारी समेत गराए । नेपाली भूमि मिचिदा सरकार बोल्न नसकेपनि प्रधानमन्त्री ओली राष्ट्रवादी नेता भएकाले केपी ओलीसंग राष्ट्रियताको सवालमा सहकार्य गर्न सकिने बताएका थिए ।

एमसीसी कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र सार्वभौमसत्ता थप संकटमा पर्ने बताउदै उनले सीमा मिचिदा समेत नेपाली सेना चुप लाग्नु आस्चर्यजनक भएको उल्लेख गरे । सानो भूगोल थोरै जनता भएको नेपालले संघीयता थेग्न नसक्ने र देश भाड्ने बताउंदै धर्मनिरपेक्षताको पक्षमा नेपाली जनता नभएको दावी समेत गरेका छन ।

संघीयताको विकल्प तल्लो तहलाई बढी अधिकार दिएर केन्द्रलाई बलियोबबनाउनु पर्ने उनको भनाइ थियो । संघीयता, धर्मनिरपेक्षता वर्तमान प्रधानमन्त्री ओलीकै नेतृत्वमा हट्न सक्ने सम्भावना रहेको भन्दै उनले केपी ओलीको विकल्पमा नेपालमा अर्को नेता नभएको दाबी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका