Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • फेदिखाेला गाउँपालिकाका विभिन्न ठाउँमा भारिअसिना पानि, भयाे खेतबारीका सबै अन्नवालि नष्ट

फेदिखाेला गाउँपालिकाका विभिन्न ठाउँमा भारिअसिना पानि, भयाे खेतबारीका सबै अन्नवालि नष्ट

फेदिखाेला गाउँपालिकाका विभिन्न ठाउँमा भारिअसिना पानि, भयाे खेतबारीका सबै अन्नवालि नष्ट

सुनिता कार्कि, फेदिखाेला, २ चैत । हिजाे राति  स्याङ्गजाका  केहि ठाउँहरूमा भारि असिना, पानि परेकाे छ । फेदिखाेला गाउँपालिकाका  विभिन्न ठाउँ भाडखाेला, खड्केटारी, खहरे, बडाचाैँर, ठूँल्डी , भडानडाँडा लगायतका स्थानहरूमा असिनाले ठूँलाे क्षेति पुर्याएकाे छ ।

शनिबार राति करिब ११  बजे देखि चट्याङ पर्ने, असिना आउने, पानि पर्ने भएकाे थियाे । फेदिखाेलामा  अहिले सम्म यस्ताे असिना नपरेकाे अहिले सम्म  खादका खाद  यस्ताे असिना नदेखेकाे फेदिखाेलाका बासिन्दा बताउँछन ।

अझ  राति यस्ताे असिना पानि पर्याे  आकाश गर्जियाे हामीलाइ निन्द्रा लागेन, हामी उठेर भगवानकाे काे नाम जपेर बस्याैँ  उनिहरूले यस्ताे सम्म बताए ।

घरमा एक्लै हुनेहरू त झन् डरले सुत्दै सुतेन्न भाेलि पनि भन्न पाइन्छ कि ! पाइदैन भन्ने त्रास रातभरि रहयाे । अनि बिहान उठेर बाहिर हेर्दा त पुरै हिमाल जस्ताे डाँडाकाँडा सेताम्य देखिएका थिए ।

खेतबारीमा पनि पुरै असिनाले ढाकिएका छन । मकै लगाएकाे ठाउँमा मकैनै पुरिएका छन । बन्दा, काउलि, मुला, लसुन, प्याज, केराउ जस्ता तरकारी पुरै ढुटाे बनाएकाे छ ।

तरकारीकाे झालपात सबै नष्ट भएका छन । याे सबै देख्दा फेदिखाेलाका बासिन्दा दङ्ग छन अब के खाने यत्राे नष्ट भयाे । अब के गर्ने कस्लाई भन्ने,  अहिले सम्म नसाेचेकाे असिना पर्दा त सबै जना अच्चम्मित परेका छन ।

दिउँसाेमा भएकाे भए त केहि उपाए लाग्थ्याे रातिमा भयाे र सबै सखाफ पार्याे भन्दै सबै जनाले यस्ताे प्रतिक्रिया जनाएका छन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका