Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • काेरनाकाे बिगबिगि भएसँगै अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले सुरु गर्याे मास्क उत्पादन

काेरनाकाे बिगबिगि भएसँगै अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले सुरु गर्याे मास्क उत्पादन

काेरनाकाे बिगबिगि भएसँगै अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले सुरु गर्याे मास्क उत्पादन

सुजन न्याैपाने, अर्घाखाँची, १ चैत । बडदाे कोरोना भाइरस सङ्क्रमण फैलिने सम्भावना देखिएपछि बजारमा मास्क पाइन छाडेकाे छ ।कालाे बजारिकाे बिगबिगि बडिरहदाँ यसैलाई मध्यनजर गर्दै र काेहिपनि ठगिन नपराेस भन्दै अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले आफैँ मास्क उत्पादन सुरु गरेको छ ।

उत्पादन सुरु गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभएकाे छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयलाई वितरण गर्न सकिने गरी तीस हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भैरहेको उहाँले बताउनुभयाे।

गाउँपालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर र व्यावसायीहरु मार्फत उत्पादन सुरु गरेको हाे यता ‘छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनि यस्को जोखिम छ। यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन् ।

हाम्रो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ’, उहाँले समचारपाटि संग भन्नुभयाे । पालिकाका सबै कर्मचारीहरुलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालय मार्फत स्थानीयलाई वितरण गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारि दिनु भएकाे छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफैँ मास्क उत्पादनमा जोड दिएको र बजार भाउ भन्दा सस्तो दरमा आफूहरुले मास्क उत्पादन गरि वितरण गरेकाे जानकारि गराउनु भएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका