Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • तनहुँको बेलभञ्ज्याङमा बाबु र छोरी एउटै पासोमा झुण्डिएको अवस्थामा फेला

तनहुँको बेलभञ्ज्याङमा बाबु र छोरी एउटै पासोमा झुण्डिएको अवस्थामा फेला

तनहुँको बेलभञ्ज्याङमा बाबु र छोरी एउटै पासोमा झुण्डिएको अवस्थामा फेला

दमौली,  ३० फागुन तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी छाब्दीका प्रहरी सहायक निरीक्षक राजु न्यौपानेले जानकारी दिनुभयो ।

“बाबुको मानसिक सन्तुलन ठीक नरहेको र श्रीमतीसहित छोरीलाई पासो लगाएर मार्न तीन वटा गाँठो बनाएको रहेछ”, उहाँले भन्नुभयो, “श्रीमती भागेपछि छोरी र बाबु झुण्डिएको अवस्थामा फेला परे ।” प्रहरीले घटनाको अनुसन्धान गरिएको र विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका