Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • होलीको दिन फेवातालमा खस्यो कार ! कसरी भयो यस्तो हेर्नुहोस !

होलीको दिन फेवातालमा खस्यो कार ! कसरी भयो यस्तो हेर्नुहोस !

पोखरा, २६ फागुन । पोखराको फेवातालमा सोमबार कार खस्दा कारमा सवार ४ जना घाइते भएका छन् । खपौदीबाट लेकसाइड तर्फ आउदै गरेको ग २ च ६९१२ नम्बरको कार सोमबार बिहान ११:४५ बजे रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर तल तालमा खस्दा चालक सहित ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा लेकसाइड बस्ने करीब ३२ बर्षीय चीरण बस्नेत, ३० र३१ बर्षका संजय यादव, चालक ३७ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेको ट्राफिक कार्यालय बैदामका प्रहरी सहायक निरीक्षण बिष्णु बहादुर पल्ली मगरले जानकारी दिए ।

होली मनाएर फर्कने क्रममा कार दुर्घटनामा परेको बताइएको छ । कार चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका