Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • फेदिखोलामा फागु पुर्णिमाकाे दिन परिवर्तन युवा समुहकाे उदारणीय सामाजिक काम

फेदिखोलामा फागु पुर्णिमाकाे दिन परिवर्तन युवा समुहकाे उदारणीय सामाजिक काम

फेदिखोला क्यन्सर पीडित श्रेष्ठकाे घर निर्माणका काममा सहयाेगकाे लागि परिवर्तन युवा समुह स्वयम सहभागि

फेदिखोलामा फागु पुर्णिमाकाे दिन परिवर्तन युवा समुहकाे उदारणीय सामाजिक काम

सुनिता कार्की, फेदिखोला, २६ फागुन । स्याङ्जा फेदिखोला २ खड्केटारी निवासी क्यन्सर पीडित अमृत नारायण श्रेष्ठकाे घर निर्माणका लागि कतारबाट उठेकाे  रकम आज फागु पुर्णिमा काे दिन परिवर्तन युवा समुहका अध्यक्ष र करूणा कार्कीद्वारा अमृत नारायण श्रेष्ठ काे श्रीमतिलाई रकम हस्तान्तरण गरिएकाे छ।

कतारबाट (१७,०००) सत्र हजार र  क्लबका युवा साथीहरुबाट (१४,६,१५) चाैध हजार छ सय पन्ध गरि जम्मा ३१,६,१५ एक्तीस हजार छ सय पन्ध रकम आज क्यन्सर पीडित अमृत नारायण श्रेष्ठकाे घर निर्माण गर्ने स्थानमा हस्तान्तरण गरिएकाे हाे । कतारमा अमृत नारायण श्रेष्ठकाे सहयाेगका लागि रकम सङकलन गर्ने काम राम चन्द्र कार्की ले गरेका थिए ।

क्यन्सर पीडित अमृत नारायण श्रेष्ठ उपचरार्थ परिवर्तन युवा समुहले चालेकाे आर्थिक सहयाेग अभियानमा गत कार्तिक महिनामा फेदिखोलाका विभिन्न आमा समूह,संघ सस्था र परिवर्तन युवा समुहका सम्पुर्ण सदस्यहरूकाे ब्यक्तिगत रूपमा उठेकाे रकम १,७९००० एक लाख उनासी हजार एक कार्यक्रममा परिवर्तन युवा समुहद्वारानै हस्तान्तरण गरिएकाे थियाे ।

क्यन्सर पीडित श्रेष्ठकाे उपचारकाे लागि विभिन्न ठाउँहरूबाट सहयाेग रकम श्रेष्ठका परिवारलाई प्राप्त भएकाे छ। क्यन्सर पीडित श्रेष्ठ आफ्नाे परिवारसगँ अरूकाे घरमा भाडाँमा बस्दै आएका छन ।

उनकाे आफ्नाे बासस्थान पनि नभएकाे हुदाँ सबै पहलमा एउटा बास बनाउने कुरा रहेकाे थियाे ।  फेदिखोला गाउँपालिकाले समेत श्रेष्ठकाे घर निर्माणकाे लागि भाैतिक सहयाेग गर्ने भएकाे छ । श्रेष्ठकाे उपचार देखि उनकाे घर निर्माण गर्ने काममा  समेत परिवर्तन युवा समुहकाे ठूलाे भुमिका रहेकाे छ । यस्ता क्यन्सर, मृगाैला   राेगकाे  सिकार बनेका थुपै दुखिहरूलाई परिवर्तन युवा समुहले आर्थिक सहयाेग जुटाएर मलम लगाउने काम गरेकाे छ।

आज फागु पुर्णिमाकाे दिन  एउटा रमाईलाे माहाेल बनाउनुपर्छ भनेर  जुटेका   परिवर्तन युवा समुहका युवाहरू  न  त कुनै हाेलि , न त कुनै रमाईलाे , न त कुनै खेलकुद कायक्रमनै गरे उनिहरूले अमृत नारायण श्रेष्ठकाे घर निर्माणका लागि केहि सहयाेग गर्नुपर्छ भन्ने साेचेर  परिवर्तन युवा समुहका युवा स्वयम श्रेष्ठकाे घर निर्माण गर्ने स्थानमा काम गर्ने जुटेका छन । उनिहरूकाे याे आफुहरूपर्तिकाे   आत्मियता देखेर श्रेष्ठकाे परिवार निकै खुशि रहेका छन ।

घर निर्माण गर्ने स्थानमा सहयाेग गर्ने परिवर्तन युवा समुह अध्यक्ष्य डेलनारायण शर्मा, सस्थापक अध्यक्ष्य हुम ब के सी, परिवर्तन युवा समुहका परिकल्पनाकार कृष्ण कार्की, उपाध्यक्ष मनाेज कार्की, सदस्यहरू सुराेज कार्की, राजु खत्री, सन्दिप कार्की, दिलिप अधिकारी, माेति ब कार्की , नवराज कार्की रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका