Samacharpati
साेमबार, चैत्र १७, २०७६

हालको खबर

  • होमपेज
  • आज केही देशको बढ्यो विनिमयदर , हेर्नुहोस कुन देशको कति पुग्यो त !

आज केही देशको बढ्यो विनिमयदर , हेर्नुहोस कुन देशको कति पुग्यो त !

आज केही देशको बढ्यो विनिमयदर , हेर्नुहोस कुन देशको कति पुग्यो त !

काठमाडौँ, २५ फागुन । आज फागुन २६ गते सोमबार यूके पाउण्ड र कुवेती दिनारको विनिमयदर बढेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलरसहित धेरै देशको विनिमयदर घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५३ रुपैयाँ ५६ पैसा र बिक्रिदर १ सय ५४ पैयाँ ३४ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ४९ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २० पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३५ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३ सय १३ रुपैयाँ ६९ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३ सय ८७ रुपैयाँ ६० पैसा रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका