Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • गोरखामा पोखरीमा डुबेर एक दर्जन भन्दा बढि पोथि बाँदरहरुले गुमाए ज्यान

गोरखामा पोखरीमा डुबेर एक दर्जन भन्दा बढि पोथि बाँदरहरुले गुमाए ज्यान

गोरखामा पोखरीमा डुबेर एक दर्जन भन्दा बढि पोथि बाँदरहरुले गुमाए ज्यान

गोरखा, २५ फागुन । गोरखाको गोरखा नगरपालिका वडा नं. ९ मा पोखरीमा डुबेर एक दर्जन भन्दा धेरै पोथि बाँदरहरुले ज्यान गुमाएका छन् । गोरखा नगरपालिकाका प्रत्येक वडाहरुमा एक—एक पानी पोखरी निर्माण गर्ने योजना अनुरुप निर्माण गरिएको पोखरीमा डुबेर १३ वटा वयस्क पोथि बाँदरहरुले ज्यान गुमाएका प्रत्यक्षदर्शीहरुले बताएका छन् । कम्तिमा पनि आधा मिटर माथी रहेको उक्त पोखरीमा १३ वटा बाँदरहरु एकैसाथ कसरी डुब्न पुगे, यसमा आफुहरु पनि अचम्मित परेको स्थानियहरुले बताएका छन् ।

चार मिटर लम्बाई, चार मिटर चौडाई र दुई मिटर गहिराईको उक्त पानी पोखरी गाँउमा आगलागीको कुनै घट्ना घटिहाले डमकललाई पानीका लागि सहजहोस् भन्ने उद्देश्यले निर्माण गरिएको स्थानियको तर्क छ । नगरपालिकाको सहयोगमा निर्माण गरिएको सोही पोखरीमा डुबेर १३ वयस्क पोथि बाँदरहरुले आत्मदाह गरेका छन् । दिउँसो समयमा गर्मि भएको र बाँदरहरु पानीको खोजिका खातिर पोखरीमा डुबेको हुन सक्ने पानी पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेश थापाले बताएका थिए ।

गोरखा नगरपालिकाका १४ वटा वडाहरुमा आर्थिक वर्ष २०७४—७५ देखि सुरु गरिएको पोखरी निर्माण कार्य अहिले सम्मपनि निर्माण सम्पन्न नहुँदा खुला छोडिएको उक्त पोखरीमा परि १३ बाँदहरुले ज्यान गुमाएका छन । पोखरीमा पानी देखिसकेपछि प्यास मेट्ने अभिलाषाले हाम फालेका बाँदरहरुले ज्यान गुमाएका हुन सक्ने स्थानियको भनाई छ । पोखरीका भित्ताहरु अत्याधिक चिल्ला र सिँढीहरु नभएका कारण उनिहरु त्यसपोखरीबाट बाहिर निस्कन नसकेको अनुमानहरु गरिएका छन् ।

आर्थिक वर्ष २०७४—७५ देखी सुरु गरिएको पोखरी निर्माणको काम नगरपालिकामा प्राविधिकहरुको जनशक्ति कम भएका कारण इस्टिमेट तयार तथा आवाश्यक अनुगमन समयमा नभएपछि निर्माण कार्य लम्बिएको स्थानियले गुनासो गरे । सामान्य पानी पोखरी निर्माणमा समेत वर्षौ लगाउने स्थानिय सरकारहरुको अनपेक्षित गतिका कारण समस्याहरु थपिदै गएका र त्यसको शिकार बाँदरहरु बन्नु परेको उनिहरुको भनाई छ ।

गोरखा नगरपालिकामा अहिले ३ जना मात्रै प्राविधिकहरु रहेका बताईएको छ । उनिहरुलाई नगरपालिकाका १४ वटा वडाको जिम्मेवारी दिईएको छ । जसका कारण उनिहरु समयमा ति सवै कामहरुको नियमित अनुगमन तथा निरीक्षणमा जान नसकेका बताईएको छ । तर, खुला स्थानमा निर्माण गरिएका यस्ता पानी पोखरीका कारण थप विपद्का घट्नाहरुको पुनरावृत्तिलाई रोक्न स्थानिय सरकार चनाखो हुनु पर्ने विज्ञहरुको सुझाव छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका