Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • विश्वभर पुगेको कोभिड १९ आयो भने के गर्ने ! हेर्नुहोस यस्तो छ तयारी

विश्वभर पुगेको कोभिड १९ आयो भने के गर्ने ! हेर्नुहोस यस्तो छ तयारी

पाेखरा, २० फागुन । गण्डकी प्रदेश सरकारले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै तयारी गरिरहेकोछ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दुशर्माले कोरोना संक्रमण फैलिन नदिन प्रदेशका २ वटा अस्पताललाई हब अस्पताल र २७अस्पताललाई स्याटेलाइट अस्पतालको रुपमा उपयोग गर्ने गरि तयारि गरिएको बताउनुभयो । यस्तै पोखरामा तत्कालका लागि ६० बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।

जसमा मणिपाल शिक्षण अस्पतालमा १५ बेड, गण्डकी मेडिकल कलेजमा १५ बेड, चरकमेमोरियलमा २७ बेड र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ वटा बेड रहेका छन् । यसैबिच ‘क्वारेन्टाइनका लागि संभावित स्थलको खोजी भइरहेको डा. शर्माले बताउनुभयो । उहाँका अनुसार साविकको लेखनाथ नगरपालिकाको भवन,एकअर्कामा गाभिएर खाली भएका विद्यालय वा अन्य खाली ठाउँको विषयमा अध्ययन भईरहेकोछ ।कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन भन्दै गण्डकी प्रदेशले १ महिनाअगाडि नै टास्क फोर्स गठन गरेको थियो ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्यनिर्देशक डा। शर्माको संयोजकत्वमा गठित टास्क फोर्सले नै कोरोनाको सतर्कताअपनाउने काम गर्दै आएको छ ।प्रदेशमा सम्भावित विरामीको नमूना संकलन तथा सावधानीका लागि चिकित्सकलेलगाउने सामाग्री नै पर्याप्त छैनन् । केही दिनअघि जम्मा ५ सेटमात्र रहेकोमा अहिलेप्रदेशमै जम्मा २५ सेट सावधानीमा लगाउने सामाग्री उपलब्ध छ तर डा शर्माका अनुसार ४अस्पतालमा एक सिफ्ट २७ सेट सावधानीका लागि लगाउने सामा्रीको आवश्यकता पर्दछ।

यद्यपी विशेष प्रकारको हेलमेट, पञ्जा,मास्क लगायतका सामाग्री खरिद गर्न सामाजिक विकास मन्त्रालयले पाँच लाख रुपैयाँ बजेटछुट्याएको छ ।गण्डकी प्रदेशमा हवाईयात्रामार्फत आउने पर्यटकको अवस्था बुझ्न २ ठाउँमाहेल्थ डेस्क राखिएको छ । पोखरा विमानस्थल र मुस्ताङमा हेल्थ डेस्क राखेर स्वास्थ अवस्थाबुझ्ने काम भइरहेको प्रदेश स्वास्थ निर्देशनालयले जानकारी दिएको छ । पोखराविमानस्थलमा हेल्थ डेक्स राखेर पर्यटकको अवस्था बुझ्ने काम भईरहेको पोखराविमानस्थलका सुचना अधिकारी देबेन्द्र सुवेदीले बताउनुभयो ।पोखरा विमानस्थलमा हेल्थ डेक्स राखिएपनि त्यति प्रभावकारी नभएको सर्वसाधारणलेगुनासो गरेका छन् ।

चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) यतिवेला विश्वका ७० देशमा फैलीसकेको छ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या३ हजार १ सय २५ पुगेको छ । पछिल्ला दिन कोरोना भाइरसको संक्रमित संख्या चीनमाघट्दै गएको छ भने दक्षिण कोरिया, इरान, इटाली, अमेरिकामा लगायतका देशमा बढ्दैगएको छ । मानव बसोबास रहेका सबै महादेशमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।सन् २०१९ डिसेम्बरको अन्तिम साता कोरोना भाइरस पहिलो पटक चीनको हुबेइप्रान्तको राजधानी वुहानमा देखिएको थियो । त्यसपछि यो भाइरस विश्वभर फैलने क्रममारहेको छ ।

यसैबीच नेपाल सरकारले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै ठुला कार्यक्रमसभासमारोह र भोजभतेर नगर्न आह्वान नै गरिसकेको छ । सर्वोच्च अदालतले अन्तराष्ट्रियउडान रोक्न निर्देशन नै दिईसकेको छ । कोरोनाको संक्रमणको जोखिमको कारणदेखाउदै उपराष्ट्रपति नन्द बहादुर पुनले सार्वजनिक कार्यक्रममा सहभागि नहुने जनाइएको छ। उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन नीजिसचिवालयलाई निर्देशन दिईसक्नु भएको छ ।

यता जिल्ला प्रशासन कार्यलय कास्कीले पनि पोखरामा कुनैपनि कार्यक्रम र खेलगतिविधि रोक्न आग्रह गरेको छ । तर पोखरामा २२ गतेबाट आहा रारा गोल्डकप,टुडिखेलमा २३ गतेबाट कृषि तथा पर्यटन महोत्सब र होली पर्व लगायतका कार्यक्रमहरु तयगरिएको छ । कास्की प्रशासनले कार्यक्रम रोक्न आग्रह गर्ने तर कार्यक्रम भईरहने हो भनेभोली आउने संभावित जोखिमलाई कसरी न्युनिकरण गर्न सकिएला यस तर्फसरोकारवालाहरुको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ । कास्की प्रशासनले यस्ता कार्यक्रमहरुरोक्न विशेष निर्देशन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका