Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • कोरोना भाइरस संक्रमितलाई उपचार गर्न पोखरामा ६० शैयाको आइसोलेसन वार्ड तयार

कोरोना भाइरस संक्रमितलाई उपचार गर्न पोखरामा ६० शैयाको आइसोलेसन वार्ड तयार

कोरोना भाइरस संक्रमितलाई उपचार गर्न पोखरामा ६० शैयाको आइसोलेसन वार्ड तयार

पोखरा ।  गण्डकी प्रदेश सरकारले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै तयारी गरिरहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले कोरोना संक्रमण फैलिन नदिन प्रदेशका २ वटा अस्पताललाई हब अस्पताल र २७ अस्पताललाई स्याटेलाइट अस्पतालको रुपमा उपयोग गर्ने गरि तयारि गरिएको बताउनुभयो ।

यस्तै पोखरामा तत्कालका लागि ६० बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ । जसमा मणिपाल शिक्षण अस्पतालमा १५ बेड, गण्डकी मेडिकल कलेजमा १५ बेड, चरकमेमोरियलमा २७ बेड र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ वटा बेड रहेका छन् ।

यसैबिच क्वारेन्टाइनका लागि संभावित स्थलको खोजी भइरहेको डा. शर्माले बताउनुभयो । उहाँका अनुसार साविकको लेखनाथ नगरपालिकाको भवन, एकअर्कामा गाभिएर खाली भएका विद्यालय वा अन्य खाली ठाउँको विषयमा अध्ययन भईरहेकोछ ।

कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन भन्दै गण्डकी प्रदेशले १ महिनाअगाडि नै टास्क फोर्स गठन गरेको थियो । सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्यनिर्देशक डा. शर्माको संयोजकत्वमा गठित टास्क फोर्सले नै कोरोनाको सतर्कताअपनाउने काम गर्दै आएको छ ।

प्रदेशमा सम्भावित विरामीको नमूना संकलन तथा सावधानीका लागि चिकित्सकलेलगाउने सामाग्री नै पर्याप्त छैनन् । केही दिनअघि जम्मा ५ सेटमात्र रहेकोमा अहिलेप्रदेशमै जम्मा २५ सेट सावधानीमा लगाउने सामाग्री उपलब्ध छ तर डा शर्माका अनुसार ४अस्पतालमा एक सिफ्टमा २७ सेट सावधानीका लागि लगाउने सामा्रीको आवश्यकता पर्दछ। यद्यपी विशेष प्रकारको हेलमेट, पञ्जा,मास्क लगायतका सामाग्री खरिद गर्न सामाजिक विकास मन्त्रालयले पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ ।

गण्डकी प्रदेशमा हवाईयात्रामार्फत आउने पर्यटकको अवस्था बुझ्न २ ठाउँमाहेल्थ डेस्क राखिएको छ । पोखरा विमानस्थल र मुस्ताङमा हेल्थ डेस्क राखेर स्वास्थ अवस्थाबुझ्ने काम भइरहेको प्रदेश स्वास्थ निर्देशनालयले जानकारी दिएको छ । पोखरा विमानस्थलमा हेल्थ डेक्स राखेर पर्यटकको अवस्था बुझ्ने काम भईरहेको पोखरा विमानस्थलका सुचना अधिकारी देबेन्द्र सुवेदीले बताउनुभयो । पोखरा विमानस्थलमा हेल्थ डेक्स राखिएपनि त्यति प्रभावकारी नभएको सर्वसाधारणले गुनासो गरेका छन् ।

चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) यतिवेला विश्वका७० देशमा फैलीसकेको छ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या३ हजार १ सय २५ पुगेको छ । पछिल्ला दिन कोरोना भाइरसको संक्रमित संख्या चीनमाघट्दै गएको छ भने दक्षिण कोरिया, इरान, इटाली, अमेरिकामा लगायतका देशमा बढ्दैगएको छ ।

मानव बसोबास रहेका सबै महादेशमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।सन् २०१९ डिसेम्बरको अन्तिम साता कोरोना भाइरस पहिलो पटक चीनको हुबेइप्रान्तको राजधानी वुहानमा देखिएको थियो । त्यसपछि यो भाइरस विश्वभर फैलने क्रममारहेको छ ।

यसैबीच नेपाल सरकारले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै ठुला कार्यक्रमसभासमारोह र भोजभतेर नगर्न आह्वान नै गरिसकेको छ । सर्वोच्च अदालतले अन्तराष्ट्रियउडान रोक्न निर्देशन नै दिईसकेको छ ।

कोरोनाको संक्रमणको जोखिमको कारणदेखाउदै उपराष्ट्रपति नन्द बहादुर पुनले सार्वजनिक कार्यक्रममा सहभागि नहुने जनाइएको छ। उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन नीजिसचिवालयलाई निर्देशन दिईसक्नु भएको छ ।

यता जिल्ला प्रशासन कार्यलय कास्कीले पनि पोखरामा कुनैपनि कार्यक्रम र खेलगतिविधि रोक्न आग्रह गरेको छ । तर पोखरामा २२ गतेबाट आहा रारा गोल्डकप,टुडिखेलमा २३ गतेबाट कृषि तथा पर्यटन महोत्सब र होली पर्व लगायतका कार्यक्रमहरु तयगरिएको छ ।

कास्की प्रशासनले कार्यक्रम रोक्न आग्रह गर्ने तर कार्यक्रम भईरहने हो भनेभोली आउने संभावित जोखिमलाई कसरी न्युनिकरण गर्न सकिएला यस तर्फसरोकारवालाहरुको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ । कास्की प्रशासनले यस्ता कार्यक्रमहरुरोक्न विशेष निर्देशन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका