Samacharpati
साेमबार, चैत्र १७, २०७६

हालको खबर

  • होमपेज
  • आगामी वर्ष गण्डकीलाई उज्यालो प्रदेश घोषणा गछौँः मुख्यमन्त्री गुरुङ

आगामी वर्ष गण्डकीलाई उज्यालो प्रदेश घोषणा गछौँः मुख्यमन्त्री गुरुङ

आगामी वर्ष गण्डकीलाई उज्यालो प्रदेश घोषणा गछौँः मुख्यमन्त्री गुरुङ

पोखरा, २० फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षभित्रमा गण्डकी प्रदेशका सम्पूर्ण घरधूरीमा विजुली बत्ती र आधारभूत खानेपानीको प्रवन्ध गरिने बताउनुभएको छ । कास्कीको माछापुच्छे गाउँपालिका–१ र २ लाई जोड्ने गरी खारपानी
स्थित सेती नदीमा निर्माण गरिएको पक्की मोटरेवल पुलको आज उद्घाटन गर्दै उहाँले प्रदेशका पाँच लाख ८७ हजार २१९ घरधूरीमानै खानेपानी र विजुली बत्तीको प्रवन्ध गर्ने अभियानका साथ सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

सरकारको पहिलो निर्णय दुई वर्षभित्र खानेपानी र विजुली बत्ती पुर्याउने भएपनि तथ्याङ्क सङ्कलनमा ढिलाइ हुँदा एक वर्ष समय खर्चिनु परेकाले आगामी वर्ष सबै घरधूरीमा बत्ती र पानीको प्रवन्ध गर्नका लागि चालू वर्षमा ३४ खानेपानी आयोजना शुरुआत गरिएको र नेपाल विद्युत प्राधिकरणको बुटवल र पोखरा क्षेत्रीय कार्यालयसँग प्रशारण लाइन पुर्याउने गरी सम्झौता भएको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रशारण लाइन पुग्न ढिलाई हुने मुस्ताङ र उत्तरी गोर्खाका केही गाउँहरुमा सोलार प्यानलबाट बत्ती लैजाने योजना रहेको बताउँदै उहाँले भन्नुभयो,“धेरै विजुली उत्पादन गर्ने प्रदेश भएपनि यहाँका नौ प्रतिशत घरमा विजुली नपुग्दा टुकी बाल्नुपर्ने बाध्यताको अन्त्य गरी अर्को वर्ष गण्डकी प्रदेशका सम्पूर्ण घरमा विजुली पुर्याएर उज्यालो प्रदेश घोषणा गर्दछौँ।”

प्रदेश सरकारले जनताको हित र ग्रामीण जनताको गरीबी हटाउँदै विकासका लागि सडक, खानेपानी, बिजुली, कृषि तथा पर्यटनमा नयाँ नयाँ योजना अघि सारेरविदेश र पोखरामा बस्नेहरुलाई गाउँ फर्काउने योजनामा रहेको बताउनुभयो । भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकार गठनपछि २० वटा पुल सम्पन्न भएको तथा १४५ सडक तथा पूलका योजनाहरु निर्माणको चरणमा
रहेकामा यसै आर्थिक वर्षभित्रमा ३० देखी ४० वटा पुल सम्पन्न हुने जानकारीदिनुभयो ।

वर्षौदेखी सम्पन्न नभएका योजनाहरु समेत प्रदेश सरकारलाई हस्तान्तरणपछि सम्पन्न हुँदै गएको बताउँदै उहाँले चालू वर्षमा १२१ झोलुङ्गे पुल निर्माण गरी जहाँ समस्या त्यहाँ प्रदेश सरकार भन्ने अभियानका साथ अघि बढेको स्पष्ट पार्नुभयो । गण्डकी प्रदेश सभा सदस्य रामजीप्रसाद बरालले गाउँपालिकाको रातोपानी,धिप्राङ र मर्दिखोलामा पक्की मोटरवेल पुल निर्माणका लागि योजना पेश गरिएको
बताउँदै यसबाट गाउँपालिकाको नौ वटै वडा तथा पोखरासम्म सडक सञ्जालको छुनेजानकारी दिनुभयो ।

सम्भावनानै सम्भावना बोकेको गाउँपालिकाको विकासका लागि प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा रु ३० करोड बराबरका बजेट तथा योजना परेको उहाँले जानकारी दिनुभयो । साविक जिल्ला विकास समितिबाट वि.सं. २०७२ चैत १९ गते निर्माण सम्झौता भएको सो पुल प्रदेश सरकार गठनपछि पूर्वाधार विकास कार्यालय मातहतमा आएकोथियो ।

कूल रु चार करोड नौ लाख ३३ हजार ७४० लागतमा निर्माण गरिएको प्रि–स्ट्रेसड आरसीसी बक्स ग्रिडर डिजाइनको सो पुल ५८ मिटर लामो छ । नेपालमा भित्रिएको पछिल्लो प्रविधिलाई अनुसरण गरी निर्माण गरिएको पुल प्रदेशको पहिलो रहेको पूर्वाधार कार्यालयका प्रमुख एवं डिभिजनल इन्जिनियर शोभियत खड्काले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले उर्जा, कृषि तथा पर्यटन विकासका माध्यमबाट समृद्धि प्राप्तिमा अघि बढेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मिना गुरुङ, गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी, डोलिडारका पूर्व डिभिजनल इन्जिनियर गङ्गाबहादुर बस्नेत,स्थानीयवासी भीमबहादुर गुरुङ, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँहगुरुङ लगायतले पुल अभावमा गाउँपालिका कार्यालयसम्म पुग्न पोखरा हुँदै जानुपर्ने अवस्थाको अन्त्य भएको र ग्रामीण जनतामा खुशीयाली छाएको उल्लेख गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका