Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • एम. सि. सि. र सरकार विरुद्ध आन्दोलन गर्दै नेपाली काँग्रेस (वी.पी)

एम. सि. सि. र सरकार विरुद्ध आन्दोलन गर्दै नेपाली काँग्रेस (वी.पी)

एम. सि. सि. र सरकार विरुद्ध आन्दोलन गर्दै नेपाली काँग्रेस (वी.पी)

काठमाडौँ, १९  फागुन । संघियता धर्म निरपेक्षता र गणतन्त्रमा फरक मत राख्दै वि. पि विचारलाई मुल आदर्श मानेर स्थापना भएको पार्टी नेपाली काँग्रेस (वी पी) ले पछिल्लो समय देश र जनताको पक्षमा बहस गर्दै आएको दाबी गर्दै आएको पार्टीले सरकार एक पछि अर्को काण्डमा फस्दै गएको जनता र देश प्रति प्रतिबद्ध नभएको भन्दै, आज केन्द्रिय कार्यलय सामाखुसीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले २३ गते शुक्रबार दिउँसो २ बजे शान्तिबाटिका रत्नपार्कमा विरोध सभा गरि आन्दोलन घोषणा गर्ने निर्णय भएको युवा नेता सुशीलराज वाग्लेले जानकारी दिनुभयो ।

विरोध सभालाई पार्टी सभापति हरिबोल भट्टराई वरिष्ठ नेता देविप्रसाद ओझा लगाएत नेताहरूले विरोध सभालाई सम्बोधन गरिने बताईएको छ ।

विरोध सभामा राष्ट्रहित विपरीत रहेको एम सि सिका बुँदा सम्सोधन गरिनु पर्ने संसदलाई समेत छलेर पेट्रोलियम पदार्थमा लगाइएको कर पुस्तकमा लगाइएको कर मौलिक स्वतन्त्रताको हकलाई अकुश लगाउन आएको सूचना प्रविधि विधेयक खारेज तथा भ्रष्टाचार र सरकारका २४ महिने काॠ तथा प्रतिपक्ष दलको गैर जिम्मेवारीक भुमिका को सम्बन्धमा विरोध सभामा सम्बोधन गरिने बताईएको छ ।

विरोध सभामा काठमाडौका विभिन्न स्थानबाट जुलुस सहित सहभागी हुने कार्यक्रम रहेको छ । केन्द्रिय समिति बैठकले प्रधानमन्त्री के पि शर्मा ओलिको दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताको कामना सहित शिघ्र स्वास्थलाभको पनि कामना गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका