Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • कफीमा असल उत्पादन अभ्यास GMP सम्बन्धि २ दिने तालिम संम्पन्न

कफीमा असल उत्पादन अभ्यास GMP सम्बन्धि २ दिने तालिम संम्पन्न

कफीमा असल उत्पादन अभ्यास GMP सम्बन्धि २ दिने तालिम संम्पन्न

पाेखरा, १७ फागुन । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराको आयोजना, कृषि ज्ञान केन्द्र लम्जुंगको समन्वय तथा लम्जुंग कफी सहकारी संघ लि को ब्यबस्थापनमा लम्जुंग जिल्लाका २० जना कफी पल्पर अपरेटरलाइ कफीको उत्पादन, प्रसोधन, गुणस्तर ब्यबस्थापन तथा बजारीकरणका बिभिन्न मूल्य शृंखलामा अपनाउने पर्ने असल उत्पादन अभ्यास gmp सम्बन्धि बेसीसहरमा २ दिने तालिम सम्पन्न भएको छ ।

खासगरी कफीलाइ पिउनयोग्य बनाउन फिल्डमा कफी उत्पादन देखि प्रसोधन हुदै बजारीकरण सम्म असलरस्वस्थकर अभ्यास अपनाउने पर्ने हुन्छ जसका लागि बिभिन्न प्रबिधिको प्रयोग गरिन्छ । कफीका बिभिन्न मूल्य शृंखलाहरुमा असल उत्पादन सम्बन्धि प्रविधिको प्रयोगबाट कफीमा ओक्राटक्सिन लगायतका क्यान्सरजन्य र हानीकारक ढुसीको उत्पादन तथा नियन्त्रण गर्न सकिन्छ जसको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा उच्च मुल्यमा बिक्रि गर्न सकिन्छ ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका प्रमुख श्री चन्द्र पुरीले कफीको गुणस्तर किसानको हातबाट शुरु हुने हुँदा किसानस्तरमा कफी गुणस्तर तालिम संचालन गरिएको बताउनुभयो । कफीको १०० प्रतिशत गुणस्तर मध्य किसानको हातमा ४० प्रतिशत हुने र थप ४० प्रतिशत पल्पर अपरेटरको हातमा हुने भएकाले जिल्लाका अगुवा पल्पर अपरेटरलाई यो तालिम फलदायी हुने र उच्च मुल्यमा बिक्रि हुने गुणस्तरीय कफी उत्पादन गर्न थप आत्माबिस्वास जगाउने विश्वास व्यक्त गर्नु भयो ।

साथै उहाँले नेपाली कफीलाइ फलामको मूल्यबाट हिरा बनाउने जिम्मा उत्पादन तथा प्रसोधनकर्तामा हुने भएकाले असल उत्पादन प्रबिधि समबन्धि सिकाइ महत्वपूर्ण हुने कुरा बताउनु भयो । कृषि ज्ञान केन्द्र, लम्जुंगका प्रमुख रोहिणीराज घिमिरेले लम्जुंग जिल्ला पनि ब्यबसायिक कफी खेतिका निम्ति अति संभावित रहेकाले कृषकहरुलाई सोहि अनुसार योजना निर्माण गर्न र वर्तमान समयमा थोरै तौल तर धेरै मुल्य पर्ने कफी जस्ता बालिहरुको प्रबधन गर्नु ज्ञान केन्द्रले कुनै कसर बाकि नराख्ने कुरा बताउनु भयो।

त्यस्तै बागबानी बिकास अधिकृत बिरेन्द्र धिताल, कृषि अर्थ बिज्ञ मदन रेग्मी, कफी सहकारी संघका अध्क्षय बिस्व अधिकारी, कृषि बिज्ञ श्रीकान्त अधिकारी लगायतले कफीका बिभिन्न मूल्य शृंखलाहरुका प्रबिधि बिषयमा चर्चा गर्नु भएको थियो । बोर्ड, पोखराका प्रमुख चन्द्र पुरीले पल्पर अपरेटरहरुलाई लक्षित तालिममा कफी टिपाई देखि प्रसोधन, भण्डारण र बजारीकरणमा अपनाउनुपर्ने असल उत्पादन अभ्यास प्रबिधि र अवयवहरुको बारेमा कृषकहरुलाई सुसूचित गर्नु भयो ।

२ दिन सम्म संचालित तालिममा बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले कफीको लागि उपयुक्त हावापानी, माटो, कफी रोपण, कफीलाई छहारी व्यवस्थापन, कफी बगैचा व्यवस्थापन लगायत विविध विषयहरुमा तालिम प्रदान गर्नुभएको थियो । २ दिने तालिमको सञ्चालन बोर्डका प्राविधिक नगेन्द्र सुवेदीले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका