Samacharpati
साेमबार, चैत्र १७, २०७६

हालको खबर

  • होमपेज
  • मकैको चिया,अमला,पुदिनाको जुस र मेवाको जाम खान अब ग्रिनहिल होमस्टे

मकैको चिया,अमला,पुदिनाको जुस र मेवाको जाम खान अब ग्रिनहिल होमस्टे

मकैको चिया,अमला,पुदिनाको जुस र मेवाको जाम खान अब ग्रिनहिल होमस्टे

माधव पराजुली, पोखरा, १७ फागुन । तनहुँको डुम्रे बजार बाट १० कि.मि.को दुरीमा पर्ने भानु नगरपालिका वडा नंं. ९ चितीखोलामा एक चिटिक्क परेको बस्ती छ । त्यहाँ वरपर देखिने डाँडाकाडा, सफा सडक, चिटिक्क परेका घर, मनमोहक प्राकृतिक छटा र मगर संस्कृति रहेको चितीखोलागाउँ यतिबेला पर्यटकलाई स्वागत गर्न गेटमै आतुर भएर बसेको छ ।

गाउँको अर्गानिक खाना ख्वाउन र होमस्टेको संस्कृतिमा रमाउन यहाँको ग्रामिण वस्तीले अहिँले पर्यटक खोजी रहेको छ । यहाँका
२३ घरधुरी मगर समुदायले ग्रिनहिल भिलेज सामुदायीक होमस्टे संचालनमा ल्याएका छन् । यो होमस्टेमा एक सय जना बाँस बस्न
मिल्नछ । होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्ने कोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुन लगायत
आवश्यक सबै सामान राखिएका छन् ।

पाहुनाका लागि खाना र बस्नकालागि प्याकेज र मेनु पनि बनाइएको छ । यहाँको सबैभन्दा प्रख्यात खाना मकैको चिया,पानी अमलाको जुस,पुदिनाको जुस,टिमुरको छोप,कोदोको जुस,तरुलको चिप्स,साँधेको गुन्द्रुक,मेवाको जाम,तरुलको खिर र कोदो प्यान केक हुन् ।

यसकोअलवा यहाँ फाँपर,गाजरको हलुवा,सेलरोटी लगाएत स्थानिय परिकारका साथै खसी,बोका,कुखुरा,हाँस लगाएतको मासु पनि खन
पाईन्छ । यी स्थानिय स्तरमा उत्पादित अर्गानिक खानाले यहाँ आउने जोकोही पर्यटको पनि मन आकर्षण गर्छ । यहाँको संस्कृति
समेत मन लोभ्याउने खालको छ ।

होमस्टेमा आउने पर्यटकले रोटेपिङको मज्जा लिन समेत पाउनेछन् । यस होमस्टे सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले १० लाख र नगरपालिकाले १० लाख रकम आर्थीक सहयोग गरेका छन् । उक्त होमस्टेको शुक्रबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै मन्त्री लम्सालले होमस्टे ग्रामिण पर्यटनको अभिन्न अंग रहेको बताउनुभयो ।

पर्यटन क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्रथामिकतामा राखेको भन्दै उहाँले ग्रामिण भेगको पर्यटन प्रवद्र्धन भएमा मात्र समृद्ध प्रदेश बन्न सक्ने बताउनुभयो । प्रदेश भित्र ३ सय होमस्टेहरुलाई व्यवस्थीत बनाउने तयारीका साथ प्रदेश सरकार लागिपरेको बताउदै होमस्टेबाट गण्डकी प्रदेशका धेरै मानिसहरुले रोजगारी पाएको दाबी गर्नुभयो ।

प्रदेश सरकारले ग्रामिण भेगमा होमस्टेको प्रवद्र्धन गर्न थालेपछि गाउँमा रोजगारी सिर्जना, लोपोन्मुख कला संस्कृतिको जगेर्ना मात्र नभएर ग्रामिण भेगमा उत्पादन समेत वृद्धि भएको दबी गर्नुभयो । यहाँको प्राकृतिक, साँस्कृतिक, एतिहासिक पृष्ठभूमिलाई जोड्दै होमस्टे
प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य राम ब.गुरुङले ग्रामिण भेगको पर्यटन प्रवद्र्धन गर्न होमस्टेको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
गाउँमा आउने पाहुनाले विभिन्न संस्कृतिकका सथौ सुपथ मुल्यमा बासबस्न मिल्ने व्यवस्था गरिएको होमस्टे सञ्चालक समितिकी अध्यक्ष
धन कु.सारु मगरले बताउनुभयो ।

कौडा, झ्याउरे, दोहोरी, ठाडोभाकालगायतका मनोरञ्चनात्मक कार्यक्रम यहाँ हेर्न पाइन्छ उहाँले भन्नुभयो, यस गाउँलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न हामी स्थानियवासी एकजुट भएका छौँ ।

गण्डकी प्रदेशका ३ सय गाउँमा होमस्टे सञ्चालन भएका छन् । होमस्टे सञ्चालन पछि गाउँमा उत्पादन बढेको छ भने लोपोन्मुख अवस्थामा पुगेका कला संस्कृतिको समेत जगेर्ना भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका