Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • गायिका गीता देवीको आवाजमा अर्को मनछुने गीत ”सुन माया” भिडियो सहित

गायिका गीता देवीको आवाजमा अर्को मनछुने गीत ”सुन माया” भिडियो सहित

काठमान्डाैँ, १७ फागुन । नेपाली लोक दोहोरी गीत संगीतका पारखीहरु माझ अर्को एउटा निकै मन छुने गीत बजारमा आएको छ । मौलिक स्वादमा तयार भएको उक्त गीत “सुनमाया” बोलको रहेको छ । पछिल्लो समयको सांगीतिक माहोललाई बुझेर मार्मिक रुपमा तयार पारिएको गीतमा परदेशी युवाको जिवन भोगाईलाई समेटिएको छ ।

गीतमा हेमन्त कान्छा रसाइली र गीता देवी र हिमाल सागर हिङमाङको सुमधुर स्वर सुन्न सकिन्छ । आमा रातो चुरा पछी को आफनै भागाई समेटिएको मनन गर्ने किसिमको गीतमा आवाज भर्न पाएको गायिका गीता देवीले बताइन ।

आफना अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नो मन मस्तिष्कमा राखिदिनुहुने छ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ । ”सुन माया ” गीतमा हिमाल सागर हिङमाङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

लाखौ परदेशीको भोगाईलाई फरक रुपमा गीतमा प्रस्तुत गरिएको हिमाल हिङमाङले बताए । रेशम दलार्मीको छायाँकन , हिमाल सागर हिङमाङको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”सुन माया ” गीतको भिडियोमा विपी फुयाल र रेखा राईको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका