Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • लायन्स क्लब अफ पोखरा लालिगुँरासद्धारा खेलकुद तथा स्टेशनरी सामाग्री वितरण

लायन्स क्लब अफ पोखरा लालिगुँरासद्धारा खेलकुद तथा स्टेशनरी सामाग्री वितरण

लायन्स क्लब अफ पोखरा लालिगुँरासद्धारा खेलकुद तथा स्टेशनरी सामाग्री वितरण

पोखरा, १६ फागुन। लायन्स क्लब अफ पोखरा लालिगुँरासले माछापुच्छे गाउँपालिका वडा नं. ८ मा अवस्थित वमबहादुर आधारभूत विद्यालयमा खेलकुद तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।

क्लबको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालयमा नै पुगेर क्लबले त्यहाँ विद्यार्थी र विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरेको हो । उक्त अवसरमा लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि वान डिष्ट्रिकका पिआरो तथा लायन्स क्लब अफ लालिगुराँसका एक्टेन्सन चियर पर्सन मोतिराज तिमिल्सिनाले खेलकुद सामाग्री सहयोग गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तिमिल्सिना, लायन्स क्लब अफ पोखरा लालिगुराँसका अध्यक्ष मिनराज तिमिल्सिना, क्लबका निवर्तमान अध्यक्ष धर्मराज भण्डारी, क्लब एमसिपी नारायणहरि बास्तोला, शिक्षा निर्देशक राजेन्द्र बास्तोला, माछापुच्छे गाउँपालिका वडा नं. ८ का वडा सदस्य गिरीधारी दाहालले स्टेशनरी सामाग्री वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि वान डिष्ट्रिकका पिआरो तथा लायन्स क्लब अफ लालिगुराँसका एक्टेन्सन चियर पर्सन मोतिराज तिमिल्सिनाले क्लबले मानविय र सामाजिक क्षेत्रमा अतुलनिय योगदान गरेको बताए ।

माछापुच्छे गाउँपालिका वडा नं. ८ का वडा सदस्य गिरीधारी दाहालले क्लबको सहयोगले विद्यार्थीहरुलाई विद्यालय आउने वातवरण सृजना हुने बताए ।

लायन्स क्लब अफ पोखरा लालिगुराँसका अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वमबहादुर आधारभुत विद्यालयका प्रध्यानाध्यापक दुर्गा गुरुङले स्वागत र क्लबका सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालनन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका