Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • संगम क्लव, एलजी, गार्डेन ‘ए’ र मेरो नेपाल दोश्रो गार्डेन कपको सेमिफाइनलमा

संगम क्लव, एलजी, गार्डेन ‘ए’ र मेरो नेपाल दोश्रो गार्डेन कपको सेमिफाइनलमा

संगम क्लव, एलजी, गार्डेन ‘ए’ र मेरो नेपाल दोश्रो गार्डेन कपको सेमिफाइनलमा

पोखरा, १६ फागुन । संगम क्लव, एलजी एशोसिएसन, गार्डेन ‘ए’ र मेरो नेपाल युवा क्लव पोखराको फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालको खेल मैदानमा जारी दोश्रो गार्डेन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गार्डेन युवा क्लवद्वारा आयोजित प्रतियोगिताको शुक्रबार सम्पन्न क्वाटरफाइनलका खेलहरुमा जित हाँसिल गर्दै ति क्लवहरुले अन्तिम चारमा आ–आफ्नों स्थान बनाएका हुन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा संगमले बिटी क्लवलाई २–० गोलले पराजित गरेको थियो । खेलमा दुवै गोल गरेका बेलप्रसाद गुरुङ्ग म्यान अफ द म्याच भए । उनलाई पोखरा महानगरका सेवा केन्द्र प्रमुख अनिल कार्कीले ट्रफि प्रदान गरे । अर्को खेलमा सिंकमान तामाङ्गको दुई गोलको मद्धतमा एलजीले मालेपाटनलाई २–० गोलले पराजित गर्यो । तामाङ्गनै सो खेलको म्यान अफ द म्याच भए । उनलाई बगर भाइखलकका अध्यक्ष दिलकाजी गुरुङ्गले ट्रफि प्रदान गरे ।

आयोजक गार्डेनको ‘ए’ टोलीले संघर्षपूर्ण खेलमा ड्यामसाइडलाई पराजित गर्दै सेमिमा स्थान बनायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिंदा गार्डेनको तर्फबाट चौथो अफ्रिकन मुलका खेलाडी म्याक्सवेलले मिनटमा गोल गरेका थिए । २९ औं मिनेटमा रबि थापाले बराबरी गोल फर्काएपछि खेल टाई–ब्रेकरमा पुगेको हो ।

टाई ब्रेकरमा म्यान अफ द म्याच गार्डेनका गोलकिपर सोमप्रकाश गुरुङ्गले दुईवटा प्रहार जोगाएका थिए । ड्यामसाइडका भुपाल गुरुङ्ग र गोविन थापाको प्रहार उनले जोगाए भने रवि थापाको प्रहार गोलमा परिणत भएको थियो । गार्डेनका सरोज तामाङ्ग र विश्व अधिकारीले गोल गरेका थिए । म्यान अफ द म्याच सोमलाई आयोजक क्लवका अध्यक्ष विनोद गुरुङ्गले ट्रफि प्रदान गरेका थिए ।

अन्तिम क्वाटरफानलमा मेरो नेपालले रञ्जन मेमोरियललाई टाई ब्रेकरमै पराजित गर्यो । निर्धारित समयमा मेरो नेपालमाथि हावी देखिएको रञ्जन मेमोरियल र मेरो नेपालविचको खेल गोल रहित बराबरिमा टुंगिएपछि खेलको निर्णय टाई ब्रेकरद्वारा गरिएको हो । टाई ब्रेकरमा मेरो नेपालका तर्फबाट राजकुमार कुँवर, सन्जोग केसी र प्रदिप गुरुङ्गको प्रहार गोलमा परिणत भएको थियो ।

रञ्जन मेमोरियलका निराजन गैह्रेले गोल गरेपनि साजिस गुरुङ्गको प्रहार गोलकिपर विजय गुरुङ्गले उत्कृष्ट बचाउ गरे । खेलमा उनै गुरुङ्ग म्यान अफ द म्याच भए । समाजसेवी एवं आयोजक क्लवका सल्लाहकार टिका कार्कीले उनलाई ट्रफि प्रदान गरे ।

प्रतियोगिताको उपाधी भिडन्त शनिबार दिउँसो हुनेछ । त्यसअघि विहान हुने सेमिफाइनलमा संगम र एलजी तथा गार्डेन र मेरो नेपालविच प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र, द्वितिय हुने टिमले नगद ७० हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलकिपरलाई नगद ५÷५ हजार सहित ट्रफि प्रदान गरिने छ भने सेमिफाइनलिष्ट दुई टिमलाई नगद १०÷१० हजार प्रदान गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका