Samacharpati
शनिबार, चैत्र २२, २०७६
  • होमपेज
  • मणिपाल शिक्षण अस्पताल खेल मैदानमा जारी दोश्रो गार्डेन कप क्वाटरफाइनल चरणमा

मणिपाल शिक्षण अस्पताल खेल मैदानमा जारी दोश्रो गार्डेन कप क्वाटरफाइनल चरणमा

मणिपाल शिक्षण अस्पताल खेल मैदानमा जारी दोश्रो गार्डेन कप क्वाटरफाइनल चरणमा

पोखरा, १६ फागुन । ड्यामसाइड क्लव, मेरो नेपाल, संगम एफसी, बिटी क्लव, एलजी एशोसिएसन, गार्डेन युवा क्लव ‘ए’ र मालेपटन पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा दोश्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको प्रि क्वाटरफाइनल खेलमा जित हाँसिल गर्दै ति क्लवहरुले अन्तिम आठमा आफ्नों स्थान बनाएका हुन् ।

गार्डेन युवा क्लवद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेलमा ड्यामसाइडले युनाइटेड एफसीलाई ४–० गोलले पराजित गरेको थियो । खेलमा ड्यामसाइडका सुनिल विकले २ तथा रबि थापा र संजिब बुढाथोकीले १÷१ गोल गरेका थिए । अर्को खेलमा मेरो नेपालले भ्यालि स्पोर्टस क्लवमाथि २–१ को जित निकाल्यो । मेरो नेपालको तर्फबाट प्रदिप गुरुङ्ग र सौरभ कार्कीले समान १÷१ गोल गरे भने भ्यालिका विजय गुरुङ्गले १ गोल गरेका थिए । संगम एफसीले भने ब्रदरहुडमाथि ७–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलको बाटो खुलायो । संगमको जितमा बेलप्रसाद गुरुङ्ग एक्लैले ५ गोल गरेका थिए । सुमित श्रेष्ठ र सुनिल घोतानेले पनि एक एक गोल आ–आफ्नों नाम गराए ।

बिहीबारनै भएको प्रतिस्प्रधात्मक खेलमा बिटी क्लवले टाई ब्रेकरमा बाजि मार्दै क्वाटरफाइनलको यात्रा तय गर्दा एम–१२ प्रतियोगिताबाट बाहिरियो । निर्धारित समयको खेल १÷१ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा बिटी ३–२ गोलले विजयी भएको हो । त्यस्तै, एलजी एशोसिएसनले स्याँग्जा अभियान क्लवलाई ५–० गोलले पराजित गर्यो । खेलमा एलजीका सिन्कमान तामाङ्गले ह्याट्रिक गरे भने विजय गुरुङ्ग र रमेस मगरले पनि १÷१ गोल गरेका थिए ।

आयोजक गार्डेन विदेशी खेलाडीको निर्णायक गोलको मद्धतमा अन्तिम आठमा प्रवेश गर्यो । खेलमा अफ्रिकन मुलका खेलाडी एलेक्सले पहिलो हाफमा गरेको एक गोलनै निर्णायक गोल बन्दा त्रिशक्ती ‘ए’ लाचाहोकले पनि प्रतियोगिताबाट विदा लियो । अन्तिम खेलमा मालेपाटनसंग ३–२ ले पराजय व्यहोरेसंगै त्रिशक्तिको ‘बि’ टिमपनि प्रतियोगिताबाट बाहिरियो । प्रतियोगिता अन्तर्गत रन्जन मेमोरियलले यसअघिनै क्वाटरफाइनलमा स्थान बनाइसकेको थियो । शुक्रबार क्वाटरफाइनलका खेलहरु हुने आयोजक गार्डेन युवा क्लवका अध्यक्ष विनोद गुरुङ्गले जानकारी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका