Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजले गरे कानुनी रुपमा बिहे

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजले गरे कानुनी रुपमा बिहे

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजले गरे कानुनी रुपमा बिहे

काठमाडौं, १५ फागुन । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहे चर्चा केही दिनदेखि चलिरहेको छ । बिहेमा हुने विभिन्न समारोहमा सहभागी भएर उनीहरुले बिहेलाई भव्य बनाइरहेका छन् ।

यसैविच, उनीहरुले बिहिबार कानुनी रुपमा बिबाह गरेका छन् । जिल्ला अदालत ललितपुर पुगेर दुइले कानुनी रुपमा बिहे  गरेका हुन्। प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ।

अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए । अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेकाे भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन् ।  प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ।

कानुनी रुपमा आज बिहे गरेर एक भएका प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिहे गर्दैछन् । शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका