Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो आरोप लागेको छैन: प्रधानमन्त्री

आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो आरोप लागेको छैन: प्रधानमन्त्री

आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो आरोप लागेको छैन: प्रधानमन्त्री

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् ।

आफ्नाविरुद्ध बात लागेपछि बास्कोटाले राजीनामा दिएको भन्दै उनले प्रमाणित भए जसरी प्रचार गरेकोमा आपत्ति जनाए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन ।’

बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले सुनाए । भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यो आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेकेा छ ।’ यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गर्ने बताएका छन ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका