Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • पत्रकार भोला अधिकारीको पुर्वेली गीत ‘रुमाल फाटी गो ’सार्वजनिक

पत्रकार भोला अधिकारीको पुर्वेली गीत ‘रुमाल फाटी गो ’सार्वजनिक

काठमाडौँ, १५ फागुन । पुर्वेली गीत बजारमा सुस्ताएको अवस्थामा पत्रकार भोला अधिकारीले पुर्वेली गीत बजारमा लिएर आएका छन् । उनले ‘रुमाल फाटी गो ’ बोलको गीत बजारमा लिएर आएका छन् ।

हालै पुर्वका गाउठाउँलाई समेटेरर तयार पारिएको गीतलाई लोकप्रिय गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाज भरेका छन् । गीतलाई पुर्वका रमणिय ठाउमा पनि सुटिङ गरिएको छ ।

हालै सार्वजनिक भएको गीतले सानैमा छोडेको मायालुलाई रुमाल मार्फत सम्झिने प्रयास गरिएको छ । यस गीतमा शब्द तथा संकलन भोला अधिकारीले नै गरेका छन् ।

‘पुर्वै मोरङ , धरान भेडेटार , म त मरेको मान्छे’ लडे झाँडीमा लगायतका दर्जनौ गीतमा शब्द संगीत तथा निर्देशन गरिसकेका छन् भने अभिनय समेत गर्दै आएका छन् ।

आफ्नै निर्देशक तथा अभिनयमा भोला अधिकारीको सार्वजनिक ”रुमाल फाटी गो ” गीतमा ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको छ ।

गीतको भिडियोमा भोला अधिकारी , विनिता राई , बद्रि पौडेल , सर्वज्ञान कोइराला , गुञ्जन माझी , वि एन नेपालको अभिनय तथा नृत्य रहेको छ । गीतमा संगीत संयोजन केवी भण्डारीको छ । ”रुमाल फाटी गो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका