Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • पोखरा लामेआहालमा रहेकाे राधाकृष्ण मन्दिर शान्ति आश्रममा महायज्ञ हुने

पोखरा लामेआहालमा रहेकाे राधाकृष्ण मन्दिर शान्ति आश्रममा महायज्ञ हुने

पोखरा लामेआहालमा रहेकाे राधाकृष्ण मन्दिर शान्ति आश्रममा महायज्ञ हुने

पोखरा, १४ फागुन पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम परिसरमा रहेका राधाकृष्ण बृद्धाश्रम र राधाकृष्ण संस्कृत गुरुकुल लगायतको सर्वाङ्गिण विकासलाई लक्षित गरी महायज्ञ गर्न लागिएको हो ।

यही फागुन १६ गते पूर्वाङ्ग गरिने महायज्ञको १७ गते कलश यात्रा हुनेछ । १८ गतेदेखि २४ गतेसम्म पं राधाशरण काफ्लेबाट कथा वाचन हुने मन्दिरका पिठाधिश मुकुन्दशरण उपाध्यायले जानकारी दिनुभयो । महायज्ञलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन गणेश खत्रीको संयोजकत्वमा घनश्याम खनाल महासचिव रहनुभएको २१ सदस्यीय महायज्ञ मूल आयोजक समिति गठन गरिएको ।

सबैको साथ सहयोगमा महायज्ञ सम्पन्न भै अपेक्षित सफलता हासिल हुने विश्वास लिइएको बताउँदै महायज्ञ मूल आयोजक समितिका संयोजक खत्रीले महायज्ञबाट लगभग एक करोड रुपैयाँ सहयोग संकलन हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार मन्दिर परिसरमा सञ्चालित विद्याश्रममा कक्षा ६ देखि ९ कक्षासम्म पठनपाठन भैरहेको र २४ जना विद्यार्थी अध्ययनतरत छन् भने ६ जना शिक्षकले अध्यापन गराइरहनुभएको छ ।

बृद्धाश्रममा ५१ जना ज्येष्ठ नागरिकहरू निशुल्क आवाशीय सुविधा सहित बस्दै आउनुभएको छ । महायज्ञसँगै मन्दिर, विद्याश्रम, बृद्धाश्रम लगायतको सर्वाङ्गिण विकास हुने विश्वास लिइएको स्थानीय समाजसेवी एवम् शिक्षक ठाकुरप्रसाद खनालले बताउनुभयो । २०२२ सालमा स्थापित राधाकृष्ण मन्दिर यस क्षेत्रकै महत्वपूर्ण धार्मिक स्थल हो । नेपालमा रहेका अन्य राधाकृष्ण मन्दिरका साथै धार्मिक स्थलहरूसँग यसको राम्रो सहसम्बन्ध रहँदै आएको छ । ५२ रोपनी जग्गामा फैलिएको मन्दिर परिसरमा बिहान बेलुका दैनिक कीर्तनका साथै भागवत वाचन हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका