Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • वियोगान्त प्रेमभाव रहेकाे गीत “धोकेबाज” लिएर आए ओम छिनाल प्रकाश परियाको साथमा(भिडियो)

वियोगान्त प्रेमभाव रहेकाे गीत “धोकेबाज” लिएर आए ओम छिनाल प्रकाश परियाको साथमा(भिडियो)

राजु बोहरा–काठमाडौँ, १४ फागुन । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त निकै लामो समय यता यस क्षेत्रमा क्रियासिल सर्जक ओम छिनालको लय सृजनामामा फेरी अर्को गीत बजारमा आएको छ ।

सर्जक ओमले गीत सिर्जना गर्ने मात्र होइन केहि गीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । स्थायी घर गोर्खा र हाल मलेसियामा रोजगारीको सिलसिलामा रहेका उनको सृजनाले सजिएको पछिल्लो गीत धोकेबाज बोलको रहेको छ ।

प्रकाश परियारको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा मौसम गुरुङ्ग र पूर्णकला बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ ।

शितल शिजन डिजिटल प्रालि मार्फत सार्बजनिक भएको गीतलाई शब्द भने प्रस्तुतकर्ता स्वयम् प्रकाश परियारले तयार परेका हुन् । ”धोकेबाज”बोलको गीतको म्युजिक भिडियोमा अनिता छिनाल, गणेश बि सी र प्रकाश परियारको अत्यन्त मनछुने अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन ओम श्रेष्ठले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजेश कुमारले गरेका छन् । गीतमा अजम्बरी मायाको बाचा गरेर बीच बाटोमा नै अलपत्र पारेर धोका दिईएको प्रसङ्ग समाबेस गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका