Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा होटलकर्मीलाई चिनिया भाषा तालिम

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा होटलकर्मीलाई चिनिया भाषा तालिम

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा होटलकर्मीलाई चिनिया भाषा तालिम

पोखरा, १३ फागुन । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही फागुन ८ गतेदेखि दुई महिने आधारभूत चिनिया भाषा तालिम होटलकर्मीका लागि पोखरामा संचालन भइरहेको छ ।

तालिमलाई नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण बर्ष सचिवालयले सहयोग गरेका छन् । तालिममा होटल क्षेत्रसँग सम्बन्धित ५० सहभागीले सिकाई ग्रहण गरिरहेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

कोरना भाइरसका कारण अहिले चिनिया पर्यटक आगमन मात्र नभई संसार भरि मा नै घुम्ने क्रममा सुस्तता आउँदा पर्यटनमा धक्का लागे पनि भविश्यलाई हेरेर यो तालिम संचालन गरिएको संघले जनाएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न समस्या छिटै समाधान हुने विश्वासका साथ उक्त तालिम संचालन गरिएको अध्यक्ष तुलाचनले सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका