Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • हाम्रो ‘‘साझा हिमाल” गीतमा गुञ्जीयो पुर्वेली ठिटो

हाम्रो ‘‘साझा हिमाल” गीतमा गुञ्जीयो पुर्वेली ठिटो

हाम्रो ‘‘साझा हिमाल” गीतमा गुञ्जीयो पुर्वेली ठिटो

काठमान्डाैँ, १३ फागुन । नेपाली संगीत क्षेत्रका चर्चित गायकपुर्र्ण राईले नयाँ प्रयोग स्वरुप“हाम्रो साझा हिमाल”नामक प्रकृति वर्णन भावको गिती संग्रहबजार मा ल्याएका छन । बि. सं. २०५९ देखी औपचारिक संगीत क्षेत्रमा होमिएका गायक राईले पहिलो भेट, हल्का–हल्का, अंकुरण, सपनाकलेक्सन, उत्सव आदी गितीसंग्रहहरु बजारमा ल्याइसकेका छन भने दर्जनौ चलचित्रमा पाश्र्व गायन, अनगिन्तीको संख्यामा भाषिकतथा फुटकर गितीसंग्रहहरुमा गीतहरु रेकर्ड गराईसकेका छन ।

हाम्रो साझा हिमाल मुलत अन्य गीतहरु भन्दा बिलकुल फरक प्रकृतिको गीतबनेकोे गायक स्वयम्दावी गर्छन् । अहिलेको बजारमा प्रेम भावका गीतहरु, लोकभाका तथा क्षणिक लोकप्रियता मौलाउने किसिमको गीतहरु छाईरहेको खण्डमा केही फरक प्रकृतिको रचनालाई आफुले प्रयोगमा ल्याएको बताउछन । हाम्रो साझा हिमाल वास्तावमा एकदेश र एक राष्ट्रियताको पक्षमा सिर्जना भएको नभएर विश्वमा रहेका सबै मानवजातीका लागि हिमालको आवश्यकता र सौन्दर्यता बिषयक सिर्जना भएको छ ।

प्रकृति जहाँ रहोस तर त्यो मानव जातीको साझाहो । त्यस्ले बोकेको सौन्दर्यता र प्राकृतिकअवस्था सबैको साझाहो । सुन्दर प्रकृति सँग कुनै जात, धर्म, सस्क्रिती, या गरिवी र सम्पन्नताको तुलनाहुन सक्दैन । त्यसैले प्राणी जगतकालागि हिमाल बचाई राख्नु पर्दछ भन्ने भाव यो गीतले स्पष्ट बोकेको छ ।

फरक प्रकृतिको यो गीतलाई हरेकले आफ्नो भाषा र भुमिबाट हेर्दा आफ्नैआवश्यकता र महत्व जोडीएको आभाष गराउदछ भने यो गीतको अर्को महत्वपूर्ण पक्षभनेको अहिले सम्मकै सबैभन्दा उच्च स्थानमा म्युजिक भिडियो निर्माण भएको नया ईतिहास पनिकायम गरेको छ । म्युजिक भिडियो निर्माणका लागि सर्वोच्चशिखर सगरमाथा क्षेत्रको गोक्यो तालमा सुटिङ युनिट पुगेर निर्माण सम्पन्न गरेको यो भिडियोले वास्तवमा हिमाल, ताल र पवित्रप्रकृतिले गीतको शब्दशब्दलाई अझ अर्थपूर्ण बनाएको छ ।

यो प्रयोग हेर्दा नेपालीगीत संगीतको माध्यमबाट विश्वको आवाजको प्रतिनिधित्व गर्दै गरेको आभाष दिलाउछ र संगीतआँफैमा सर्वत्र असिमित छ भने परिभाषालाई प्रमाणित गरेको छ । गायकपुर्ण राईलाई थप सफलताको शुभकामन । यस्ता प्रकृतिका सिर्जनाहरुले सारा संसारलाई आफ्नो बनाउने मिठो माध्यमबन्न सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका