Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • प्रधानमन्त्रीको राजीनामा माग, नेपाली काँग्रेसको विरोधको तुक छैन : नेपाली काँग्रेस (वी.पी)

प्रधानमन्त्रीको राजीनामा माग, नेपाली काँग्रेसको विरोधको तुक छैन : नेपाली काँग्रेस (वी.पी)

प्रधानमन्त्रीको राजीनामा माग, नेपाली काँग्रेसको विरोधको तुक छैन : नेपाली काँग्रेस (वी.पी)

काठमान्डाैँ, १२ फागुन नेपाली काँग्रेस (वी. पी) का महामन्त्री सुशीलमान सेरचनले आज सामाजिक संजाल फेसबुकमा एक पोस्ट गर्दै भनेका छन । प्रधानमन्त्री के पि शर्मा ओलिले आफ्नो ६९ औं जन्मदिन मनाउन तेह्रथुम जाँदा त्यहाँको स्थानीयतहले सार्वजनिक विदा दिएर शिक्षक विद्यार्थी कर्मचारी तथा स्थानीयलाई उर्दी जारी गरि प्रधानमन्त्रीको जन्म उत्सवमा सहभागी हुन आह्वान गरिनु पन्चायत शैली भएको भन्दै चर्को आलोचना गरेको छ ।

प्रधानमन्त्री ओलिले जन्मउत्सवमा काटिएको केक देशको नक्सा बनाई काटेर छ हजार जनालाई बाडिएको प्रती प्रधानमन्त्रीबाट राष्ट्रघाती काम भएको भन्दै तत्काल राजीनामा दिन पनि माग गरेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीबाट नै यसो हुनुमा ओलिको मात्र खोक्रो राष्ट्रवाद घाम जस्तै छर्लङ्ग भएको दाबी गरेको छ ।

साथै नेकपामा झलनाथ खनाल नेतृत्वमा बनेको एम सि सि अध्यान कार्यदलले बुझाएको केहि राष्ट्रघाती बुँदा संशोधनलाई वेवास्था गरि अर्का अध्यक्ष प्रचण्ड देश भ्रमणमात्र केन्द्रित भै जनतालाई भ्रम मात्र पार्नुले पनि नेकपाको चरीत्र प्रष्ट भएको दावी गरेको छ ।

पुर्व सूचना तथा सञ्चार मन्त्री गोकुल वास्कोटाको ७० करोड काण्डमा नेकपाबाट आन्तरिक छानबिन आवश्यक छैन भनिनु संस्थागत भ्रष्टाचार भएको पुष्टि भएको दावी गर्दै वास्कोटालाई वलिको बोकामात्रै बनाएको दावी गरेको छ ।

साथै नेपाली काग्रेसले विरोध गर्नुमा कुनै तुक नरहेको कार्यकर्ता तथा जनतामा भ्रममात्रै छर्न खोजेको भन्दै चर्को आलोचना गर्दै निर्मला सुन वाइडवडी जस्ता काण्डमा नेपाली काग्रेस कहाँ थियो र कहाँ छ भनेर प्रश्न गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका