Samacharpati
बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • वेगनास किनारमा दोश्रो वेगनास कप जारी, सोमवार(आज) ६ खेल सम्पन्न

वेगनास किनारमा दोश्रो वेगनास कप जारी, सोमवार(आज) ६ खेल सम्पन्न

वेगनास किनारमा दोश्रो वेगनास कप जारी, सोमवार(आज) ६ खेल सम्पन्न

लेखनाथ, १२ फागुन । वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको तेस्रो दिन ६ खेल सम्पन्न भएका छन्। सोमवार भएको खेलमा आयोजक वेगनास सि का सुदेश गुरुङले प्रतियोगितामा पहिलो ह्याट्रिक दर्ता गर्दै पचभैया प्रगतिशिल लाई पराजित गरेको छ। खेलमा पचभैयाले सान्त्वना १ गोल गरेको थियो।

त्यस्तै मेरो नेपाल युवा क्लव मझेरिपाटन र सबिन मेमोरियल एफ सि बिचको खेल एक एक को वरावरीमा सकिएपछि खेल टाईबेकर
मा पुगेको थियो। टाईवेकरमा शुन्यका विरुद्ध २ गोल गर्दै सबिन मेमोरियल अर्को चरण प्रवेश गरेको हो। प्रतियोगितामा पाटन एफ सि टुडिखेलले वाकओभर दिदा ड्यामसाईड युवा क्लव सिधै अर्को चरणमा प्रवेश गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा नर्सरी एफ सि लाई योङ्ग स्टार युवा क्लव ए बिजयपुरले शुन्यका विरुद्ध २ गोल गर्दै अर्को चरण प्रवेश गरेको छ भने योङ्ग स्टार बि समूह लाई हिमाल एन्ड रक्ष मेमोरियल बि ले १ का विरुद्ध २ गोलले पराजित गर्दा आयोजना वेगनास ए ले हिमालय ज्योति युवा क्लवलाई शुन्यका विरुद्ध १ गोलले हराएको हो। वेगनासको जितमा राजकुमार कुवरले निर्णायक गोल गरेका हुन्।

प्रतियोगितामा मंगलबार देखि प्रि क्वाटरका ४ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्। यस क्षेत्रकै सर्वा्धिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन्। प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५ र ५ हजार प्राप्त गर्नेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका