Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • बागलुङकाे छिस्तीमा एक करोड ५६ लाखकाे लागतमा स्वास्थ्यचौकी भवन निर्माण

बागलुङकाे छिस्तीमा एक करोड ५६ लाखकाे लागतमा स्वास्थ्यचौकी भवन निर्माण

बागलुङकाे छिस्तीमा एक करोड ५६ लाखकाे लागतमा स्वास्थ्यचौकी भवन निर्माण

बागलुङ, १२ फागुन जैमिनी नगरपालिका–८ छिस्तीमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विनियोजित रु एक करोड ५६ लाखमा भवन बनेको वडाध्यक्ष विजय अधिकारीले जानकारी दिनुभयो ।

भवनबाट आइतबारदेखि सेवा दिन थालिएको छ । भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति, औषधि भण्डारलगायतका कक्ष छन् ।

कर्मचारीको आवास सुविधाका लागि समेत कोठा बनाइएको छ । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको स्वास्थ्यचौकी प्रमुख दलबहादुर पुलिसाले बताउनुभयो । यसअघि जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता थियो ।

नवनिर्मित भवनको हालै गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेलले उद्घाटन गर्नुभएको थियो । पछिल्लो समय जिल्लामा स्वास्थ्यचौकी भवन धमाधम निर्माण भइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका