Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • क्लियर टिभीकोे विशेष अफर क्यान इन्फोटेकमा

क्लियर टिभीकोे विशेष अफर क्यान इन्फोटेकमा

मात्र ९ सय ९९ मा क्यिलर टिभीको सेवा

क्लियर टिभीकोे विशेष अफर क्यान इन्फोटेकमा

पोखरा, १२ फागुन । नेपालको सबैभन्दा बढी एचडि तथा डिजिटल च्यानल भएको क्लियर टिभीले पोखरामा आयोजित क्यान इन्फोटेकको अवसरमा विशेष अफर प्रस्तुत गरेको छ । क्लियर टिभीका लागि पोखरा क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेट प्रालिले उक्त अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत मात्र ९ सय ९९ रुपैयाँमा २ महिनाका लागि प्रिमियम प्याकेज उपलब्ध गराइएको पोखरा इन्टरनेटका प्रवन्ध निर्देशक सरोज कोइरालाले जानकारी दिए । यो प्याकेजमा २ सय ५५ भन्दा बढी डिजिटल च्यानल र ९५ भन्दा बढी एचडि च्यानल रहेको छ । जडानका लागि लाग्ने सेटअप बक्स निःशुल्क उपलब्ध गराइने कप्पनीले जनाएको छ ।

क्यान इन्फोटेकमा स्टल राखेर क्लियर टिभीले ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । यो अफर क्यान इन्फोटेक अवधिभर फागुन ११ देखि १५ गतेसम्म मात्र लागु हुने क्लियर टिभीका बिजनेस डेभलपमेन्ट म्यानेजर रेजिना आचार्यले जानकारी दिइन् ।

क्लियर टिभी सेवा नेपाल भरी नै उपलब्ध रहेको आचार्यले बताइन् । बढी एचडि च्यानल भएकाले क्लियर टिभीमा ग्राहकको आकर्षण बढेको छ,’ उनले भनिन्, । उत्कृष्ट पिक्चर क्वालिटी र रियल टायम एक्स्पेरियन्स पनि यसको विशेषता हो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका