Samacharpati
बिहीबार, चैत्र २०, २०७६
  • होमपेज
  • बाल अस्पताल सञ्चालन गर्ने सम्झदारी पत्रमा मानबहादुर जीसी र चाइल्ड हेल्थका अध्यक्ष काे हस्ताक्षर

बाल अस्पताल सञ्चालन गर्ने सम्झदारी पत्रमा मानबहादुर जीसी र चाइल्ड हेल्थका अध्यक्ष काे हस्ताक्षर

बाल अस्पताल सञ्चालन गर्ने सम्झदारी पत्रमा मानबहादुर जीसी र चाइल्ड हेल्थका अध्यक्ष काे हस्ताक्षर

पोखरा, १२ फागुन । पोखरा महानगरपालिका एवं काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको सहकार्यमा बाल अस्पताल सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहवरमा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी र चाइल्ड हेल्थका संस्थापक अध्यक्ष भगवान कोइरालाले अस्पताल निर्माण तथा सञ्चालन गर्ने सम्झदारी पत्रमा एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभयो ।

काठमाडाैँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको सातवटै प्रदेशमा विशेषपत्रसहितको विशिष्टिकृत बाल स्वास्थ्य सेवा प्रदान गर्नुका साथै बाल स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान गर्ने लक्ष्यका साथ अस्पताल स्थापना गर्न लागिएको हो । पोखरा महानगरपालिका–२७ स्थित तत्कालीन लेखनाथ नगरपालिकाको कार्यालयको भवनमा आवश्यक भौतिक संरचना तयार गरी अस्पताल सञ्चालन गर्नेसमेत सहमति भएको छ ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले चाइल्ड हेल्थले मुलुकका सबै प्रदेशका राजधानीमा अस्पताल निर्माण गर्ने योजनाअनुसार गण्डकी प्रदेशबाट शुरु गर्न लागेकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारले अस्पताल निर्माण र सञ्चालनमा अभिभावकत्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगरपालिकाका प्रमुख जीसीले चालू आर्थिक वर्षमै अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाउने बताउँदै त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । चाइल्ड हेल्थका संस्थापक अध्यक्ष कोइरालाले आगामी तीन महिनाभित्र अस्पताल निर्माण गरी सञ्चालन गरिने जानकारी दिँदै नाप, नक्सा एवं लागत अनुमान तयार भइरहेको बताउनुभयो ।

अस्पताल निर्माणसँगै आवश्यक उपकरण खरिदका लागि रु ४० देखि रु ५० करोड खर्च हुने जानकारी दिँंदै उहाँले शुरुमा ५० श्ययाको अस्पताल बनाउने योजना रहेको र विस्तार गरी कूल एक सय श्ययासम्म पु¥याउने संस्थाको लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका