Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • वारपाक गोरखामा साल्ट टेडिङको आयोडिन नुनयुक्त प्रचार सामाग्री वितरण

वारपाक गोरखामा साल्ट टेडिङको आयोडिन नुनयुक्त प्रचार सामाग्री वितरण

वारपाक गोरखामा साल्ट टेडिङको आयोडिन नुनयुक्त प्रचार सामाग्री वितरण

सूर्य बाँस्तोला, बारपाक (गोरखा), ११ फागुन । साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालय पोखराले जनचेतना अभियान २०२० को अवसरमा आयोडिन मन्थ २०२० अन्तर्गत गोरखाको बारकामा एक कार्यक्रम सम्पन्न गरेको छ ।

गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा ज्यादै नपुग भएमा गर्भ तुहिने, मृत शिशु जन्मिने र सुस्थ मनस्थितिको बच्चा जन्मिने लगाययतका प्रचार सामाग्री सहित हिमालय माध्यमिक विद्यालय बारपाक गोरखामा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरुलाई आयोडिन युक्त नुन, टिसर्ट, सपिङ झोला, पर्चा पम्लेट सहित सामाग्रीहरु गरिएको मिडिया नेपाल गण्डकी प्रदेश अध्यक्ष सुर्य बास्तोलाले बताउनुभयो ।

कार्यक्रममा सामाग्री वितरण गदै साल्ट टेडिङ कर्पोरेशन अञ्चल कार्यालय पोखराका प्रमुख सुरेश राजभण्डारीले आयोडिन युक्त नुन दैनिक रुपमा सेवन गर्नुपर्ने बताउँदै शरिरलाई स्वस्थ र तन्दुरुस्थ राख्ने बताउनुभयो । उहाँले थोरै मात्रामा दैनिक सेवन गर्दा अति उपयुक्त हुने र रोगबाट बचाउन मद्दत गर्ने बताउनुभयो ।

केन्द्रको कार्यक्रम अनुसार देशका सबै विकट गाउँहरुमा यस प्रकारको कार्यक्रम आयोजना गरिएको समेत उहाँले बताउनुभयो । कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले बारपाक वरपर सूचनामुलक प्लेकार्ड लिइ सचेतना मूलक प्लेकार्ड सहित सचेतना जगाएका थिए ।

उक्त अवसरमा औद्योगिक क्षेत्र व्यवस्थापन समिति पोखरा प्रमुख भुषण उपाध्याय, साल्ट टेडिङ गण्डकीका लेखा प्रमुख सागर शेरचन, शशी कुमार श्रेष्ठ, गीता ज्ञवाली, डा.राजेन्द्र मानन्धर, कैलाश रन्जित, महेन्द्र खाँड ठकुरी, भेषबहादुर श्रेष्ठ, प्रकाश श्रेष्ठ लगायतले सचेतनामूलक कार्यक्रमका बारेमा आ–आफ्नो भनाई राख्नुभएको थियो ।

हिमालय मावि वारपाकका प्र.अ.जैन बहादुर घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षिका लक्ष्मी भट्टले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका